पेन नेपालको “The Himalayan Heads” पुस्तक विमोचन

२०८० श्रावण १३, शनिबार १५:५१ गते २०८० श्रावण १३, शनिबार १५:५१ गते २०८० श्रावण १३, शनिबार १५:५१ गते

काठमाडौं । अन्तर्राष्ट्रिय लेखक संघ, पेन इन्टरनेशनल, नेपाल च्याप्टरद्वारा वरिष्ठ लेखक प्रकाश ए. राजको सभापतित्वमा हिजो शुक्रवार थाहा पुस्तकालयमा आयोजित एक समारोहकाबीच अङ्ग्रेजी संस्करणको आख्यान तथा गैह्र आख्यानात्मक लेख रचनाहरु सङ्गृहित ‘The Himalayan Heads’नामक एक महत्वपूर्ण पुस्तकको
विमोचन गरियो ।

कार्यक्रममा प्रमुख अतिथि डा. विधान आचार्यले पुस्तकमा सङ्गृहित लेख रचनाहरु आख्यान र गैह्र आख्यान सबै किसिमको रहेको हुँदा पुस्तक बडो पठनीय रहेको बताउँदै लेख रचनाहरुमा उल्थाकारको नाम उल्लेख हुनुपर्ने बताउनु भएको थियो भने अर्का अतिथि वरिष्ठ लेखक मञ्जुलले पनि उनी आफू कुनै समयमा पेन नेपालको संस्थापक
सदस्य रहेको र आजको यस कार्यक्रमले पूराना दिनहरुको स्मरण गर्नुभयो । त्यसैगरी अर्का अतिथि हृरण्यकुमारी पाठकले पनि विमोचन कार्यक्रम सानो देखिएपनि यसको गरिमा र वजन निक्कै भएको बताउनुभएको थियो । हङ्गेरीका लेखक तथा विशेष अतिथि ओलिभर उनी आफू स्वयम् मोटिभेशनल वक्ता भएको र काठमाडौं
उपत्यकाका विभिन्न स्कूलहरुमा स–साना स्कूले नानीहरु, जो भोलीका कर्णधार हुन्, सँग साक्षात्कार गर्ने अवसर मिलेको र उनीहरुलाई उत्प्रेरणा गर्न पाउँदा अत्यन्तै खुसी लागेको बताएका थिए । साथै जीवन स्वतन्त्र हुनुपर्दछ, त्यसले मात्र खुसी मिल्ने बताएका थिए ।

पेन नेपालका महासचिव भीष्म उप्रेतीद्वारा सञ्चालित उक्त विमोचन समारोहमा उनले वाचनकोक्रममा कविता लेखनको प्रेरणा डा. विधान आचार्य र मञ्जुलबाट प्राप्त गरेको उल्लेख गरेका थिए भने समापन मन्तव्य दिँदै कार्यक्रमका सभापति प्रकाश ए. राजले पेन नेपालको संस्थापक सचिवको हैशियतले पेन नेपालमा भित्रिएको र त्यसको श्रेय ग्रेटा राणालाई जाने उल्लेख गरेका थिए । साथै उनले पेन नेपालमा आबद्ध रहँदा विभिन्न देशहरुको भ्रमण गर्ने अवसर मिलेको बताउनुभएको थियो ।

विमोचित उक्त पुस्तकमा अश्विनी कोइराला ‘सुन्दर थापा’, हृरण्यकुमारी पाठकको ‘रछ्यान’, कृष्ण बजगाईँको ‘लव अफ धरहरा’, मञ्जु काँचुलीको (तिवारी) ‘दि डेमोन्स हाउस’ रामकुमार पाण्डेको ‘द गड स्टोन’, रुपसिंह भण्डारीको ‘यन अनकडोट अफ मदर ब्याट’, सुशिला देउजाको ‘द एक्सक्लुसिभ लव’, र शुष्मा चित्रकारको ‘वाइण्ड–चिम’ गरी जम्मा आठवटा आख्यान समाविष्ट छन् भने भीष्मराज फुलाराको ‘स्टोरी’ इज द पपुलर सेग्मेण्ट अफ नेपाली लिटरेचर’, भीष्म उप्रेतीको ‘अइसालकिन इमानालिभा’, दामोदर पुडासैनी ‘किशोर’, को ‘अ टाउन ट’ान्सग्रासिङ्ग वाल’, घनश्याम राजकर्णिकारको ‘लुम्बिनी ः द वर्थप्लेस अफ लर्ड बुद्ध’, गोविन्दराज गिरी ‘प्रेरणा’, हेमाङ्गराज गिरीको ‘बारबरा एडम्स् इन माइ मेमोर’, किशोर बज्र बज्राचार्यको ‘अ डिस्कशन अल कन्ट्याम्पोररी बुद्ध फिलोशफी’, कृशु क्षेत्रीको ‘अ जर्नि विइथ मुक्त’, लालबहादुर भुजेलको ‘अ चेरिस्ड अडेसस’, मित्रबन्धु पौडेलको ‘अन द लेजेण्डरी कन्ट्री फर योङ्ग पिपुल अफ त वेष्ट’, प्रकाश ए. राजको ‘गे्रटा राणाः याज अ राइटर’, रामदयाल राकेशको ‘गफुल एण्ड गोल्डेन इरा’, श्रीरामसिंह बस्नेतको ‘शर्ट बट ग्लोरियस लाइफ अफ पोइट मोतीराम भट्ट’, शुष्मा आचार्यको ‘टर्निङ पोइन्ट्स अफ चेन्ज’, टङ्क लम्सालको ‘द इरा अफ नन्दलाल’, र बिष्णुबहादुर सिंहको ‘स्त्राजुइज्या– फष्र्ट वल्र्ड इन रशियन ल्याङगवेज’, गरी १६ वटा गैह्र आख्यान लेख रचनाहरु समाविष्ट गरिएको छ ।

मन्तव्यको कार्यक्रमपछि सहभागि अधिकांशले गीत, गजल, कविता र हाइकू समेत वाचन गरी कार्यक्रमको समापन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *