सबैको मन जित्दै चिनियाँ उपचार पद्धति

२०८० श्रावण २९, सोमबार १७:१३ गते २०८० श्रावण २९, सोमबार १७:१३ गते २०८० श्रावण २९, सोमबार १७:१३ गते

काठमाडौं । नेपालमा चिनियाँ उपचार पद्धति एवं चिनियाँ भाषाप्रतिको आकर्षण बढ्दै गएको छ ।नेपाली नागरिकबीच चिनियाँ भाषा तथा उपचार पद्धतिबारे सबैलाई जानकारी गराउन काठमाडौंको बसुन्धरामा रहेको चाइना नेपाल टीसीएम सेन्टर (चाइना नेपाल अस्पताल) ले निःशुल्क उपचार शिविर तथा भाषा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै आएको छ । चिनियाँ प्राकृतिक उपचार पद्धतिबाट उपचार गरिने स्वास्थ्य शिविर तथा भाषा प्रशिक्षण शिविरमा सर्वसाधारणको उत्साहजनक सहभागिता रहने गरेको छ । विश्व समुदायबीच कनेक्टिभिटी बढाउन चीन सरकारले अगाडि बढाएको बेल्ट एण्ड रोड परियोजना अन्तर्गत चीनको जियान अस्पताल, सियान अस्पताल र नेपालको चाइना नेपाल टीसीएम सेन्टरको संयुक्त आयोजनामा काठमाडौं महानगरपालिका, टोखा नगरपालिका, लुम्बिनी विश्वविद्यालय तथा विभिन्न क्याम्पसहरुमा निःशुल्क
स्वास्थ्य शिविर, तालिम र भाषा प्रशिक्षण कक्षाहरु सम्पन्न गरिएको छ ।

चाइना नेपाल टीसीएम सेन्टरका सञ्चालिका सजना रिमालका अनुसार चिनियाँ परम्परागत उपचार पद्धति सरल, सहज, सस्तो र सुरक्षित छ । सबै राम्रा विशेषता भएक कारण पछिल्लो समयमा यसको प्रभावकारिता पनि बढ्दै गएको छ । यो पद्धतिको तालिम प्राप्त गरेपछि सामुदायिक स्वास्थ्यकर्मीहरु जस्तै नर्स, हेल्थ असिस्टेन्ट, कविराज तथा डाक्टरहरुले विरामीको उपचारमा अतिरिक्त सीप प्रयोग गर्न सक्छन् । विद्यार्थी तथा समुदायमा विभिन्न ढंगले परिचालित स्वास्थ्य स्वयंसेविकाहरुले यो तालिम पाएपछि
आफ्नो तथा परिवारका सदस्यहरुको स्वास्थ्य उपचार आफैंले सहज रुपमा गर्न सकेको प्रतिक्रिया दिएका छन् ।

चिनियाँ उपचार पद्धतिमा पनि भित्री र बाहिरी गरी दुई उपचार विधि हुन्छन् । चाइना नेपाल टीसीएम सेन्टरले बाहिरी उपचार पद्धति र थेरापीहरुको तालिम दिने गरेको छ । थेरापीअन्तर्गत अकुपब्चर, अकुप्रेसर, कपिबग, कानको अकुप्रेसन, मोक्जी बेसन, स्क्रिपिब आदि सिकाउने गरिएको छ । यो कार्यक्रम चिनियाँ राष्ट्रपति सी चीन फिबले छिमेकी तथा अन्य मित्र राष्ट्रहरुका लागि कूटनीतिक उपहारका रुपमा अगाडि बढाएका हुन् । यो उपहार नेपाललगायत विभिन्न ३० मुलुकले पाइसकेको
चाइना नेपाल टीसीएम सेन्टरका सञ्चालिका रिमाल बताउँछिन् । सेन्टरले चीनको शिक्षा मन्त्रालयअन्तर्गत चीन विदेशी भाषा आदान प्रदान सहयोग केन्द्रद्वारा प्रायोजित चिनियाँ भाषा प्रशिक्षण कक्षाहरुसमेत सञ्चालन गर्दै आएको छ ।

टोखाका विद्यालयमा चिनियाँ भाषा प्रशिक्षण: काठमाडौंको टोखा नगरपालिकाका विद्यालयमा चिनियाँ भाषा प्रशिक्षण कक्षा सुरू भएको छ । चीनको शिक्षा मन्त्रालयको चीन विदेशी भाषा आदानप्रदान सहयोग केन्द्रद्वारा प्रायोजन गरिएको भाषा प्रशिक्षणलाई नेपाल टीसीएम सेन्टर, चाइना नेपाल अस्पताल, गणेश इब्लिस स्कुल र तिलिङ्गाटार माध्यमिक विद्यालयले सह–प्रायोजन गरेका थिए । चाइना नेपाल टीसीएम सेन्टरका सञ्चालिका रिमालका अनुसार यो भाषा कक्षा चाइनिज ब्रिजकोर्स परियोजना अन्तर्गत सञ्चालित छ । नेपाली जनतामा चिनियाँ भाषा सिक्ने इच्छा बढ्दै गएकाले भाषा प्रशिक्षण प्रभावकारी बनेको रिमालले बताइन् । यो परियोजनामार्फत नेपाली विद्यार्थीहरुले चिनियाँ रितिरिवाज, सामाजिक, सांस्कृतिक विशेषताहरु जान्न सक्ने छन् । यसले समय र स्रोतको बचत गर्दै भाषा सिकाई प्रभावकारी बनाउने गरेको आयोजकको अनुभव छ । चीनले विश्व बजारमा प्रभाव विस्तार गर्दै गएको सन्दर्भमा चिनियाँ भाषाको ज्ञानले भविष्यमा राम्रो रोजगारीको अवसर
पाउन सक्ने सम्भावना छ ।

नेपालमा चिनियाँ भाषाको उज्यालो भविष्य छ, नेपालमा चिनियाँ परियोजनाहरु सञ्चालनमा छन्, दुई देशबीच ब्यापार सम्बन्ध बलियो हुँदै गएको छ । पर्यटनमार्फत जनस्तरको सम्बन्ध झन्झन् विस्तार हुँदै गएको छ । यो सन्दर्भमा चिनियाँ भाषामा दक्ष जनशक्तिको माग बढ्दो छ त्यसैले विद्यार्थीहरु लाई चिनियाँ भाषा सिकाएर दक्ष जनशक्ति उत्पादन गर्ने परियोजनाको उद्देश्य हो’ रिमाल भन्छिन् । उनका अनुसार परियोजनाअन्तर्गत चिनियाँ भाषा सिक्नका लागि विद्यार्थीहरुलाई कुनै किसिमको आर्थिक भार पर्दैन । यसैले पनि विद्यार्थीहरु भाषा सिक्नका लागि उत्सुक देखिन्छन् । ।।।भाषा शिक्षकहरुमा अन्तर्राष्ट्रिय आदानप्रदानको अनुभव र राम्रो शिक्षण कला छ जसले विद्यार्थीहरुलाई चीनसँग सम्बन्धित ज्ञान लिनलाई सजिलो बनाएको छ’ रिमालले भनिन् । गणेश इब्लिस स्कुलका प्रधानाध्यापक विश्व डंगोल आफ्ना विद्यार्थीहरु चिनियाँ भाषा सिक्न निकै उत्साहित देखिएको बताउँछन् । उनी यसबारे भन्छन् ।।।

विश्वशक्तिका रुपमा स्थापित हुँदै गएको चीनको विश्व ब्यापार उकालो लाग्दो छ । विश्वभर आर्थिक प्रभाव विस्तार गर्दै गएको चीनको भाषा सिक्न पाउनु विद्यार्थीका लागि
राम्रो भविष्यको आधार बनाउनु हो ।’ नेपालमा चिनियाँ भाषाप्रतिको आकर्षण बढ्दो छ । यहाँ महँगो शुल्क लिएर चिनियाँ भाषा सिकाउने गरिएको छ । कतिपय विद्यालयले समेत महँगो शुल्क लिएर चिनियाँ भाषा अध्यापन गराउने गरेका छन् । काठमाडौंका महँगा विद्यालयमध्ये गनिने रातो बंगाला स्कुललगायतले यस्ता भाषा कक्षा चलाउँछन् । यस प्रकारका स्कुलमा सर्वसाधारण परिवारका सन्तानको पहुँच छैन त्यसैले पनि उनीहरुका लागि टीसीएम सेन्टरद्वारा सञ्चालित परियोजनाका कक्षाहरु लाभदायक बनेका छन् । सेन्टरले चीन सरकारको परियोजना अन्तर्गत चिनियाँ भाषा विज्ञहरु तथा विभिन्न संस्थाहरुको सहयोगमा यस्ता भाषा कक्षाहरुका साथै स्वास्थ्य शिविरहरु सञ्चालन गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *