‘फेस अफ द नेशन २०२३’ को उपाधी विजेता बने कार्की

२०८० भाद्र १०, आईतवार १३:२५ गते २०८० भाद्र १०, आईतवार १३:२५ गते २०८० भाद्र १०, आईतवार १३:२५ गते

काठमाडौं। ‘फेस अफ द नेशन २०२३’ को उपाधी बबिराज कार्कीले जितेका छन् । काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न अन्तिम स्पर्धामा १५ प्रतिस्पर्धीलाई उछिन्दै कार्कीले शिर्ष उपाधी जितेका हुन् । त्यसैगरि आलोक महर्जनले फर्स्ट रनर अपको उपाधीसंगै बेष्ट ट्यालेण्टको अवार्ड हात पारे भने शुभेक्षा बस्नेतले सेकेन्ड रनर अपको उपाधीसहित भ्युअर च्वाईसको अवार्ड हात पारिन् ।

बिधागत अवार्ड तर्फ पब्लिक च्वाईसमा आशिष थापा मगर र पब्लिक च्वाइसकै रनर अपमा प्रकृती तामाङ्ग विजयी भएका प्रतियोगितामा सरोज ओझा, रेजिना तुलाधर, महेश के।सी।, माधवराज खरेल, बिनोद ढकाल, डा। रमानन्द चौधरी, मनोज जोशी र शुभेक्षा ढकाल निर्णायक रहेका थिए। रोजिन शाक्यको कोरियोग्राफीमा सम्पन्न प्रतियोगिताको इभेन्ट निर्देशन परमानन्द चौधरीले गरेका हुन । प्रतियोगिता मोडल सङ्ग्स नेपालले आयोजना गरेको हो ।

यस प्रतियोगितामा भाग लिन नेपालभरबाट सय भन्दा बढिले आवेदन दिएकोमा प्रशिक्षण लिएका १६ जनालाई अन्तिम प्रतिस्पर्धामा उतारिएको जानकारी दिदै मोडल सङ्ग्स नेपालकी अध्यक्ष स्वस्ती दंगालले भनिन् ‘यस प्रतियोगितामा भाग लिन नेपालभरबाट सय भन्दा बढिले आवेदन दिएकामा छनोटचरण पार गरेर आएका प्रतियोगीलाई प्रतिस्पर्धीहरुको व्यक्तित्व विकास तथा मोडलिङ क्षमता अभिवृद्धिसम्बद्ध करिब एक महिना लामो प्रशिक्षण पश्चात् १६ जनालाई अन्तिम स्पर्धामा स्टेजमा उतारेका हौं’ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *