आइफोन बाट खिचिने भनिएको चलचित्र ”अ प्लेस अन्डर द सन्” बन्ला त ?

२०८० आश्विन ४, बिहीबार १६:२७ गते २०८० आश्विन ४, बिहीबार १६:२७ गते २०८० आश्विन ४, बिहीबार १६:२७ गते

असोज ४ – काठमाडौं । केही दिन अगाडी आइफोन द्वारा खिचिने चलचित्र ‘अ प्लेस अन्डर द सन्’ को बिज्ञापन आएपछि, यो खबर ले निकै चलचित्र प्रेमी हरु माझ बिबाद उठाइयो । धेरै मान्छे हरु ले इन्टर्नेट को माध्यम बाट नेगेटिभ रिस्पन्स दिनु का साथै कमेन्ट मा धेरै ट्रोल पनि गरे । टिकटक हो कि फिल्म् यस्ताहरुले गर्दा नेपाली चलचित्र इन्डस्ट्री बिग्रेको मोबाइलले फिल्म बनाउने अनि मोबाइल मा त हेर्ने होला बेज्जतीहरु आदी जस्ता कुराहरु भनेर हासो को पात्र बनएका छन । चलचित्र इन्डस्ट्रीका कती पय मान्छे हरु यो खबर सुनेर रिसाउनु र खिल्ली उडाउनु का साथै आफ्नै गुरुहरु र छेउ छाउ का ले पनि लाज र हासो को रुपमा हेरिएको खबर आएको छ भने केही सन्ख्या ले चलचित्र क्यामेरा ले गर्दा हैन, कथा बस्थु ले गर्दा हेरिन्छ भनेर सपोर्ट गरेर पनि देखाएका छन । यही चलचित्र ‘अ प्लेस अन्डर द सन्’ को बारे मा केही थप जानकारी तथा
कलाकारहरु का बारे हामिले केही लिएर आएका छौ ।

फिल्म कलेज बाट ब्याचलर पास गरेका भर्खरैका युवाहरूद्वारा तयार हुँदै यस चलचित्र का लेखक तथा निर्देशक, जेसन लोप्चन, शेफर्ड कलेज बाट मेडीया एन्ड टिभी मा मास्टर डिग्री गरेका हुन । निर्देशक जेसन को पहिलो फिचर हो भने एस चलचित्र मा छायान्कार का भूमिकामा प्रबिन लिम्बु को हुनेछ । चलचित्रमा सबै कलाकार हरु पनि नवकलाकारका रुपमा डेब्यु गर्दै छन् । कलाकारहरु को कुरा गर्नु पर्दा अ्म्शु शर्मा, शर्माले यस अगाडि बिभिन्न बिज्ञापनहरु डिश होम्, पेप्सि, ला लिगा, हिरो मोटर जस्ता
बिज्ञापन हरु गरी सकेका अनुभब रहेको छ भने यस चलचित्र शर्माको पहिलो चलचित्र रहने छ । साथै प्रजन पौडेल्, बिप्लप गौलि, रिदेन श्रेष्ठ मीरा गुरुङ्ग का पनि यो पहिलो चलचित्र अभिनय हुनेछ भने यस अघि उनिहरु सबै जनाले कलाकारितामा निरन्तार काम गर्दै र बिभिन्न बिज्ञापन्, म्युजिक भिडियो, डोकुमेन्टरी का साथै सिरिज हरु पनि गरीसकेका छन । मीरा गुरुङ्ग ले भने फिल्म कलेज का साथै थियेटर भिलेज बाट बिभिन्न ड्रामा र सडक नाटक गरेसकेकी छिन साथै प्रबेश एम्सी ले भने यस अगाडि ३ ओटा चलचित्रमा अभिनय गरी सकेक छन्, चलचित्र छ्याके माया, बुल्बुल र सवा ब्याज । यि ३ मध्य बुल्बुल चलचित्र मात्र प्रबेशको रिलिज भएको चलचित्र हो भने बाकी २ चलचित्र रिलिज नभएकोमा दुख पोख्ने गरेका छन ।

नवकलाकार हरु सङ्ग एक्जना भेटेरन कलाकार्, चितवन जिल्लाका मिन घ्लान पनि जोडिएका छन । घ्लानले नारायणी कला मन्दिर,राष्ट्रिय सान्स्कृतिक सन्स्थान तथा सुनिल पोख्रेलको गुरुकुल नाट्य सन्स्थानमा नाटककार तथा कलाकार पुष्प आचार्य द्वारा लिखित तथा निर्देशित समयान्तर,अन्तिम लास र घन्टी जस्ता नाटकमा मुख्य भुमिकामा आफ्नो अभिनय देखाइसकेका छन। उनले सफल निर्देशक शिव रेग्मी द्वारा निर्देशित चलचित्र हासी देउ एक फेर, बिमल पौडेल निर्देशित किसान र भद्र भुजेल निर्देशित साली कसको भेनाकोमा सशक्त अभिनय गरि सकेका छन्।

यसरी युवाहरु द्वारा नया निर्देशक, नया कलाकारहरु लिएर केही नया गर्न खोजिरहेका यस टिम र बन्न गइरहेको यो
चलचित्रले नेपाली चलचित्र जगत मा केही नया तथा नौलो हेर्न पाउने छ भन्ने आशा भने सम्पूर्ण चलचित्र प्रेमीमा रहने नै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *