१० असोज २०८०, बुधबार – कतार–गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकाल (२०२३/०२५) को लागि राजेन्द्र कुमार (आरके) शर्माले बुधबार एक बृहत समारोहका बीच अध्यक्ष पदमा उम्मेदवार बन्ने औपचारिक घोषणा गर्ने भएका छन । विश्वभरका गैरआवासीय अभियन्तासँग छलफलको आधारमा शर्माले कर्मभूमिबाट उम्मेद्वारी दिन घोषणासभा गर्न लागेका हुन । शर्माले आफ्नो कर्मभूमि कतारको राजधानी दोहास्थित रयाडिसन ब्लु होटलमा २७ सेप्टेम्बर अर्थात आज शर्माले अध्यक्ष पदमा औपचारिक उम्मेदवार घोषणा सभा गर्न लागेका हुन् । अध्यक्षका प्रत्यासी शर्माले औपचारिक उम्मेद्वार घोषणा सभामा आफ्ना २४ बुँदे बाचापत्र सार्वजनिक गर्ने कार्यक्रम राखेका छन् । उक्त कार्यक्रमप्रति विश्वका गैरआवासीय नेपालीहरुको ध्यान तानिएको छ भने विश्वका दर्जनौ देशबाट एनआरएनए अभियन्ताहरु प्रत्यक्ष सहभागिता पनि भएका छन “गैरआवासीय नेपालीको अभियानः स्वदेशमा लगानी, प्रवासमा सम्मान” भन्ने मुल नारा समेटेर शर्माले २४ महिने (२ वर्षे) कार्यकालमा आफ्ना २४ कार्ययोजनाहरु समेटेर बाचापत्र सार्वजनिक गर्न लागेका हुन् । कार्यक्रममा विभिन्न देशका एनआरएनए अभियन्ता, एनसिसीका अध्यक्ष तथा प्रतिनिधिहरु उपस्थित भएका छन । उक्त कार्यक्रममा मध्यपुर्वमा रहेका सबै एनसिसि,अन्य संघ सँस्था र कतारमा रहेका विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थित रहनेछ ।
हालसम्म उक्त कार्यक्रममा उपस्थितिको लागी एनआरएन उपाध्यक्ष डिबि क्षेत्री,उपाध्यक्ष रोविन्द प्रसाद श्रेस्ठ,महिला उपाध्यक्ष यास्मीन वेगम,महासचिव गौरी राज जोशी,सचिव खगेन्द्र न्यौपाने,एनआरएनए सह कोषाध्यक्ष टंक गैरे,एनआरएनए अभियन्ता राजु सैयद,कल्याण श्रेष्ठ,मध्यपुर्व संयोजक मनोज गोर्खाली र राजेन्द्र अर्याल,एनसिसी युएईका पुर्व अध्यक्ष रमेश श्रेष्ठ,एनसिसी युएईका अध्यक्ष बिकास साही,एनसिसी साउदीका अध्यक्ष रविना अर्याल,एनसिसी बहराईनका अध्यक्ष राजु श्रेष्ठ,एनसिसी ओमानका अध्यक्ष विकल झा,एनसिसी ईराकका अध्यक्ष विनोद श्रेष्ठ,एनसिसी कुवेतका अध्यक्ष रण लामा,अन्तरास्ट्रिय चितवन समाजका अध्यक्ष समिर केसीलगाएत एनआरएनए अभियन्ता,प्रवासमा रहेका विभिन्न संघ सँस्थाका प्रतिनिधी र पत्रकारहरु उपस्थिति भैसकेका छन । कार्यक्रममा आउन नसक्ने बिश्वमा रहेका गैरआवासीय नेपालीहरु जुमबाट कार्यक्रममा जोडिन सकिने आयोजकले बताएको छ । उक्त उम्मेदवारी कार्यक्रम आज साँझ नेपाली समय ७:४५ बजे र कतारी समय ५ बजे शुरुवात हुने निम्न
जुम लिंक
https://zoom.us/j/97104689068?pwd=QVRTaEN1Y0lHL3pOa2FCak5ycFJUZz09 बाट कार्यक्रममा जोडिन सकिने आयोजकले बताएको छ ।
बिश्वका प्राय सबै एनसीसीमा पुगेका संघका वर्तमान उपाध्यक्ष समेत रहेका शर्माले विश्वका सबै क्षेत्रमा बस्ने गैरआवासीय नेपालीहरूको सल्लाह र सुझावपछि आफ्नो जित सूनिश्चीत रहेको जनाउदै आफ्ना योजना तथा कार्यक्रमहरू सार्वजनिक गर्न लागेको बताए । शर्मा गैरआवासीय नेपाली अभियानमा सन् २००५ देखि सक्रिय छन् । उनले गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको सल्लाहकारदेखि आइसिसी सदस्य, मध्यपूर्व संयोजक,आइसिसी सचिव र उपाध्यक्ष भएर अत्यन्त सफल कार्यकाल सम्पन्न गरिसकेका छन । उक्त कार्यक्रमको सञ्चालन नेपालका चर्चित कमेडी कलाकार सन्दिप क्षेत्रीले गर्दैछन् ।