कोरियाको भ्रमणपछि उपाध्यक्षको उम्मेदवार केसी उत्साहित

२०८० आश्विन १७, बुधबार २१:५७ गते २०८० आश्विन १७, बुधबार २१:५७ गते २०८० आश्विन १७, बुधबार २१:५७ गते

दक्षिण कोरिया। गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्षका प्रत्यासी गणेश केसी आफ्नो पक्षमा समर्थन जुटाउन लागि दक्षिण कोरिया पुगेका छन् ।

एनआरएनएको माहौल बनाउन विश्व दौडाहामा निस्कनु भएको केसी मंगलबार निकै महत्त्वपूर्ण छलफल र सल्लाह र सुझाव प्राप्त गरि हङकङ भम्रण सकेर बुधबार कोरिया पुग्नु भएको छ ।

आफ्नो उम्मेदवारी र चुनावी एजेन्डा सहित भ्रमणमा निस्कनु भएका केसीलाई दक्षिण कोरियाका अध्यक्ष बुद्ध गुरुङ, एनआरएनए संस्थापकहरू गंगा राई ,बिनोद कुँवर,केपी सिटौला,लक्ष्मी गुरुङ,भजइन्द्र क्षेत्री लगायतका व्यक्तिहरुले स्वागत गरेका थिए । एनआरएनए अष्ट्रेलियाका पूर्व अध्यक्ष तथा हाल आइसिसी उपमहासचिव रहनु भएका केसी एनआरएनए अभियानमा सन् २००५ देखि निरन्तर सक्रिय हुनुहुन्छ ।
केसीले सन् २०११/०१३ मा एनआरएनए अष्ट्रेलियाको नेतृत्व समाल्नु भएको थियो । तत्कालीन अवस्थामा एनआरएनए भवन निर्माणमा ओसिनिया क्षेत्रको संयोजक भएर भवन निर्माणका लागि २ करोड संकलन गर्न केसी सफल हुनु भएको थियो । त्यती मात्र नभई अष्ट्रेलियामा अती नै लोकिप्रय मानीएको सामाजीक कल्याणकारी कोषमा १ करोड ६३ लाख संकलन गर्न सफल हुनु भएको थियो ।
एनआरएनएको संरचनालाई अझ बलियो बनाउन र विदेशमा सिकेको ज्ञान, सिप र अनुभवलाई समेटेर नेपालमा प्राविधिक शिक्षामा जोड दिदैं सातै प्रदेशमा प्राविधिक शिक्षालय स्थापना गर्ने केसीको प्रमुख एजेन्डा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *