लन्डन : एनआरएनए उपाध्यक्षका प्रत्याशी गणेश केसी हङकङ र दक्षिण कोरिया भ्रमणपछि एनआरएनए प्रतिनिधिहरुसंग आफ्नो उम्मेदवारी र चुनावी एजेन्डा सहित चुनावी प्रचारप्रसारमा शुक्रबार बेलायत पुगेका छन।एनआरएनए अभियानमा सक्रिय भूमिका खेलेका अग्रज युकेमा रहने अभियन्तासँग आफ्नो पक्षमा समर्थन जुटाउन र आफुलाई उपाध्यक्षका रूपमा अगाडि सार्नुपर्ने भावी कार्यक्रमको बारेमा सल्लाह र सुझाव लिन केसी लन्डन क्षेत्रको भ्रमणमा निस्केका हुन। केसीले आफूलाई मतदान गरी उपाध्यक्ष पदमा जिताउन सबैसँग अपिल गरेका छन् ।
केसीलाई लण्डनमा एनआरएनए युकेका अध्यक्ष हितकाजी गुरुङ, सह-कोषाध्यक्ष हेम कुमार गुरुङ, एनआरएनए पूर्व सल्लाहकार विश्वआदर्श पन्डित लगायतका व्यक्तिहरुले स्वागत गरेका थिए ।
बेलायत रहुन्जेल केसी एनआरएनए प्रतिनिधिहरुसंग भेटघाट तथा छलफल सहित चुनावी प्रचारप्रसारमा खटिने छन् ।एनआरएनए अष्ट्रेलियाका पूर्व अध्यक्ष तथा हाल आइसिसी उपमहासचिव रहनु भएका केसी एनआरएनए अभियानमा सन् २००५ देखि निरन्तर सक्रिय हुनुहुन्छ ।
केसीले सन् २०११/०१३ मा एनआरएनए अष्ट्रेलियाको नेतृत्व समाल्नु भएको थियो । तत्कालीन अवस्थामा एनआरएनए भवन निर्माणमा ओसिनिया क्षेत्रको संयोजक भएर भवन निर्माणका लागि २ करोड संकलन गर्न केसी सफल हुनु भएको थियो । त्यती मात्र नभई अष्ट्रेलियामा अती नै लोकिप्रय मानीएको सामाजीक कल्याणकारी कोषमा १ करोड ६३ लाख संकलन गर्न सफल हुनु भएको थियो ।
एनआरएनएको संरचनालाई अझ बलियो बनाउन र विदेशमा सिकेको ज्ञान, सिप र अनुभवलाई समेटेर नेपालमा प्राविधिक शिक्षामा जोड दिदैं सातै प्रदेशमा प्राविधिक शिक्षालय स्थापना गर्ने केसीको प्रमुख एजेन्डा रहेको छ ।