टप राजधानी रोधी क्लबले ३ दिन बार्षिकोत्सब मनाउँदै

२०८० मंसिर २५, सोमबार १६:४९ गते २०८० मंसिर २५, सोमबार १६:४९ गते २०८० मंसिर २५, सोमबार १६:४९ गते

ठमेल । मौलिक लोकदोहोरी क्षेत्र र लोकसंगीतको जर्गेना गर्दै छोटो समयमै सबैको मन जित्न सफल टप राजधानी रोधी क्लब प्रालिले आफ्नो स्थापनाको दोस्रो बर्षमा प्रवेश गरेको सुखद उपलक्ष्यमा कल्बले बिबिध सांगीतिक कार्यक्रम सहित आफ्नो बार्षिकोत्सब मनाउँदै छ । काठमाडौंको मुटु मानिने पर्यटकीय गन्तव्य ठमेल स्थित टप राजधानी रोधी क्लबले आज मंसिर २५ गते देखी २७ सम्म साझँ ७ बजे देखी बिहान ३ बजे सम्म तीन दिन वार्षिकोत्सव २०८० मनाउन लागेको हो । बार्षिकोत्सबमा चर्चित राष्ट्रिय,स्तरका कलाकारहरूसंगै,हास्यकलाकार ,मोडल तथा नृत्याङगनाहरूको बिशेश प्रस्तुति रहने कल्बका सञ्चालक बहुचर्चित गायक प्रकाश कटुवालले जानकारी दिनुभयो । नेपाली गीत संगीतका माध्यमबाट दर्शकहरुलाई मनोरञ्जन दिदैं विभिन्न स्वादका परिकारहरु पस्किनेछ । पारिवारिक, सुरक्षित र मनोरञ्जनात्मक वातावरणमा ग्राहकहरुका बार्षिकोत्सब बिशेश छुटकोसमेत व्यवस्था रहेको समेत कटुवालले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *