नेपाली जनसम्पर्क समिती दक्षिण भारत क्षेत्रको १२ औँ अधिवेशन सम्पन्न

२०८० पुष १६, सोमबार १८:३१ गते २०८० पुष १६, सोमबार १८:३१ गते २०८० पुष १६, सोमबार १८:३१ गते

भारत । नेपाली जनसम्पर्क समिती दक्षिण भारत क्षेत्रको १२ औँ अधिवेशन भारतको गार्डन सिटी बेंगलोर सम्पन भएको छ ।ईन्द्र राज अधिकारीको अध्यक्षता र नेपाली जनसम्पर्क समिति भारतका केन्द्रीय अध्यक्ष बाल कृष्ण पाण्डेको प्रमुख अतिथि कार्यक्रमको उद्घाटन भब्य रूपमा सम्पन्न गरेको हो।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि बालकृष्ण पाण्डे ले दीप प्रज्वलन का साथ पं.जनेश्वर जोशी द्वारा स्वास्ती बाचन र सुपर डान्सर नेपाली छोरी अनाहिता झा को शुभ मङ्गल नृत्य प्रस्तुति बाट शुभारम्भ गरिएको थियोे ।कार्यक्रमको विशिष्ट अतिथि महामन्त्री जगन्नाथ पौडेल, अतिथीहरु केन्द्रिय सह-महामन्त्री दिपक कुमार झा, केन्द्रिय शिक्षा सचिव काशीराम आचार्य, केन्द्रिय सदस्य बिमल राज बिष्ट, प्रबासी नेपाली संघ भारत – कर्नाटका केरला सयुक्त राज्य समिति अध्यक्ष एबम केन्द्रिय सदस्य माधव भण्डारी , सचिव राजेन्द्र खनाल, अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्र का सचिव एबम केन्द्रिय समिति सचिव राम सिंह बि.क. , अखिल भारत नेपाली एकता मंच का केन्द्रिय सचिवालय सदस्य जयलाल बि.क., मूल प्रबाह अखिल भारत नेपाली एकता समाज का केन्द्रिय सदस्य नरेश कुमार बि.क, बिभिन्न मिडिया पत्रकार , चर्चित स्थानिय एबम नेपाली कलाकार साथीहरु, स्थानीय उद्यम ब्यबसायीहरु, स्थानिय राजनीतिज्ञ प्रतिनिधिहरु लगायत बिशाल जनमासको गरिमामय सहभागितमा सुसम्पन्न भएको छ।

१२औं अधिबेशनबाट प्रमुख निर्वाचन अधिकृत काशिराम आचार्य, सहायक निर्वाचन अधिकृत बिमल राज बिष्ट र केन्द्रिय प्रतिनिधि दिपक कुमार झा ले बन्दसत्र बाट सर्बसहमत निर्वाचित श्री माधव राज खडायत को अध्यक्षतामा २१ सदस्यीय कार्यसमति चयन भएको घोषणा गरिएको थियोे ।

कार्यक्रममा प्रमुख अतिथि केन्द्रिय अध्यक्ष बालकृष्ण पाण्डेले नवनिर्वाचित अध्यक्ष सहित सम्पूर्ण पदाधिकारी सदस्यहरुलाई सपथ ग्रहण गराउनु भएको थियो। प्रमुख अतिथि पाण्डेले नेपालीहरु प्रबासिनु बाध्य भएको कारण नेपालमा रोजगारी, शिक्षा, स्वास्थ्य, उद्योग, सुशासन नहुनु, भ्रष्टाचार ले चरम जरा गाडेको कारणले बताउदै अब सरकार ले बिदेसिने युवाहरुको समस्या समाधान नगर्ने हो भने पुरा गाउँ नै रित्तिने भएको बताउदै अब रोजगारी, शिक्षा, स्वास्थ्य, उद्योग, सुशासन व्यवस्था गरि भ्रष्टाचार मुक्त समाज र उद्योग धन्दा को व्यवस्था गर्न अपिल गर्नु भयो। वर्तमान अवस्थामा ४०% रेमिट्यान्स प्रवासबाटै आएको छ तर नेपाल का राजनीतिक दलहरु र नेपाल सरकारले प्रबासी नेपालीहरुलाई अपहेलना गरेकोले अब प्रबासमा रहेका नेपालीहरुको हकहित र न्याय को लागि हामी सबै मिलेर काम गर्न अपिल गर्नु भयो।

महामन्त्री जगन्नाथ पौडेलले नेपाली जनसम्पर्क समिति को संगठनिक गतिविधिको बारेमा जानकारी दिनुभयो। केन्द्रिय प्रतिनिधि सह-महामन्त्री दिपक कुमार झा ले सम्पूर्ण अधिबेशनको प्रक्रिया, दक्षिण भारत को गतिबिधि बारे जानकारी गराउदै २६ शाखाहरुले विधिवत रुपले शाखा अधिबेशन सम्पन्न गरि दक्षिण भारत मा दर्ता भएको र उक्त शाखाहरुमा १५३० सदस्यहरुले आफ्नो सदस्यता शुल्क सहित दर्ता भएको जानकारी गराउनु भएको थियो र केही बाँकी रहेका शाखाहरुलाई पनि निरन्तर दर्ता गरिने जानकारी गराउनु भयो।

केन्द्रिय शिक्षा सचिव काशीराम आचार्य, केन्द्रिय सदस्य बिमल राज बिष्ट, क्षेत्रिय कोषाध्यक्ष श्रीमती बिष्णु पौडेल, शाखा अध्यक्ष गंगाराम आचार्य, प्रबासी नेपाली संघ भारत – कर्नाटका केरला सयुक्त राज्य समिति अध्यक्ष एबम केन्द्रिय सदस्य माधव भण्डारी , सचिव श्री राजेन्द्र खनाल, अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्र का सचिव एबम केन्द्रिय समिति सचिव राम सिंह बि.क. अखिल भारत नेपाली एकता मंच का केन्द्रिय सचिवालय सदस्य जयलाल बि.क. मूल प्रबाह अखिल भारत नेपाली एकता समाज का केन्द्रिय सदस्य नरेश कुमार बि.क ले शुभकामना मन्तब्य राख्नु भएको अधिबेशन संयोजक कार्यक्रम संचालक माधव राज खडायत जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *