’किन रुन्छ यो दिल‘मा अनिल र पुजनको जीवन्त रोनाधोना (भिडियो सहित)

२०८० पुष २५, बुधबार १३:०६ गते २०८० पुष २५, बुधबार १३:०६ गते २०८० पुष २५, बुधबार १३:०६ गते

काठमाडौं । नेपाली कलाकारिता क्षेत्रमा स्थापित हुँदै गरेका एक पात्र हुन् अनिल कट्वाल । सृजना जीवन्त हुनु पर्ने मान्यता राख्ने उनले सांगीतिक क्षेत्रको उपस्थितिलाई पनि फराकिलो बनाउँदै लगेका छन् । अनिल र पुजन घिमिरेको जीवन्त अभिनय समेटिएको एउटा वियोगान्त गीतको भिडियो भर्खरै सार्वजनिक भएको छ ।

NLG InsuranceNECO
‘किन रुन्छ यो दिल’ बोलको गीतको भिडियोमा वियोगान्त फिल्मी कथा उनिएको छ । नेपाली युवाहरु बेरोजगार बन्दा बिदेशिनु पर्ने वाध्यता वा उमेरको आवश्यकतासँगैको मायाप्रेम अनि एकले अर्काबीचको भ्रमले गर्दा उत्पन्न हुने मनमुटाव अनि आफूले चाहेको व्यक्ति नपाउँदा र अभिभावकले जबरजस्ती अरुसँग विवाह गरिदिन खोज्दा देहत्याग नै गर्न पुग्ने युवतीको दर्दनाक अवस्थालाई कथा उनेर भिडियो निर्माण गरिएको छ ।

भिडियोमा अनिल र पुजनको साथमा बलराम परियार, बिमला लामा र सरोज तिमल्सिनाले पनि अभिनय गरेका छन् । भिडियोको छायाँकन विजय लामाको टिमले गरेको छ भने कलाकारिता क्षेत्रमा ‘सागर’को रुपमा आफ्नो परिचय स्थापित गरेका धनबहादुर लामाले भिडियोलाई कलात्मक रुपले निर्देशन गरेका छन् । भिडियोको सम्पादन अमृत चापागाईंले गरेका हुन् ।

अडियो गीतको शब्द तथा संगीत सुजनबाबु गुरुङको रहेको छ । गीउतलाई मिलन नेवार र सन्तोष कालिकोटेले गाएका छन् । भिडियो अनिल कट्वालको अफिसियल युट्युवमा हेर्न सकिन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *