पछिल्लो समय नेपलमा धेरैमा मोटोपनको समस्या देखिन थालेको छ । महिला तथा पुरुषआ हरुमा व्यस्तताको कारण विभिन्न स्वास्थ्य समस्याको सामना गर्नु पर्ने बाध्यता देखिएको छ । प्राय सबैले काममा व्यस्त हुँदा स्वास्थ्यको ख्याल राख्ने काममा ध्यान पुर्याउन सकिरहेका हुँदैनन् । नियमित रुपमा आफूलाई फिट र स्वस्थ राख्नको लागि विभिन्न उपायहरु छन् । तन्दुरुस्तीका लागि व्यायामशालामा आकर्षित हुनेहरुको संख्या ह्वात्तै बढेको छ । शरीर र माशंपेशी बनाउने भन्दा पनि ब्यस्त जीवनशैली र खानपानले स्वास्थ्यमा पर्ने असरबाट जोगिन किशोरदेखि वृद्धाहरू समेत फिटनेस सेन्टरहरूमा धाउन थालेका छन् ।
ब्यस्त जीवनशैलीमा कामको चाप र तनाबले धेरै व्यक्तिहरु बिभिन्न रोगहरुको शिकार बन्न बाध्य छन् । दिनभरीको कामको ब्यस्ततासँगै मानसिक तनाब लगायत धुलो–धुँवा र प्रदुषणका कारण विभिन्न दीर्घरोग समेत व्योर्होर्नुपरिरहेको छ । पछिल्लो समयमा युवाअवस्थामै सुगर, प्रेसर, मस्तिष्क, मुटु, नशा च्पापिने लगायतका रोगले धेरैलाई सताइरहेको छ । यस्ता रोगहरुलाई नियन्त्रण र निर्मुल गर्न नियमित ब्यायमले धेरै ठूलो भूमिका खेल्ने विशेषज्ञहरु बताउँछन् ।
शरिरमा एक किसिमको ताजकिपन ल्याउन पनि जिम जाने बढेका छन । सलक्क परेको कोकाकोला फिगर बनाउने इक्छा धेरैमा जागेर आउन थालेको छ । टोल टोलामा ब्यायामशाला खोलिएको छ । भिडभाड पनि, त्यतिकै छ । जती नै जाडो भएता पनि, बिहानै उठेर जिम सेन्टर धाउनेकोहरुको सन्ख्य उल्लेख्य बढेको छ । आधुनिक, हिसाबमा खोलिएका यि ब्यायामशालाहरुमा सम्पूर्ण सुबिधा उपलब्द्द, छन । जिम गर्ने कि,कार्डियो गर्ने कि दुबै गर्ने या जुम्बा गर्ने हो कि सबै जसो सुबिधा उपलब्द्द गराइएको हुन्छ ।
ब्यायाम बिज्ञहरुका अनुसार माम्सहारी र शाकाहारी दुबैले जिम मज्जाले गर्न मिल्छ । जिम गर्नेलाई केहि मात्रामा बढी प्रोटिन चाइने हुनाले धेरैमा यो जिज्ञासा रहन्छ । तर पर्याप्त मात्रामा प्रोटिन पाइने सब्ज्जी तथा गेडागुडी पनि हुन्छन । प्रोटिनका लागी मासु र आन्डा नै खानु पर्छ भन्ने होईन । केहि बर्ष जिम गरेर छोड्दा शरिर बिग्रन्छ भन्ने कुरा पनि, भ्रम मात्र हो । केही वर्ष जिम गरेर छोड्दा त्यस्तो असर नै गर्ने भन्ने केही पनि हुँदैन । हड्डी दुख्छ भन्ने भ्रम कतिपयमा पाइन्छ । हतारमा मसल्स बढाउन जिमका वेला ड्रग प्रयोग गरिएको छ भने चाहिँ जिम छोडेपछि असर गर्न सक्छ । तर, एकपटक जिम गरेको व्यक्तिले जिम छोडेपछि पनि हेल्दी ह्याबिट भने अपनाइरहेको हुनुपर्छ यसले फाइदा नै फाइदा नै पुर्याइ रहेको हुन्छ ।
बिगत दुइ बर्षदेखि,कागेश्वरी मनोहरा नगरपालिका वार्ड ७ खहरे चोकमा सन्चालनमा रहेको जेम्स देउजाको जिम सेन्टर मेटल फिट्नेस सेन्टर अहिले अझ ठुलो क्षेत्रफल र अति आधुनिक तबरामा नयाँ ढङगले थोरै माथि हात्तिडाडा खोलिएको छ । ग्रहक बर्गको चापलाई ध्यानमा राखेर निकै ठुलो क्षेत्रफल र पार्किङ्ग भएको नयाँ बिल्डिङ्ग सहित तयार भएको छ । “हामीले यस कागेश्वरी मनोहरा नगरपालिका भरिका जिम भन्दा अलि फरक र सुबिधा सम्पन्न बनाउने प्रयास गरेका छौ” एक भेटमा यस जिम सेन्टरका सन्चालक तथा प्रमुख प्रशिक्षक जेम्स देउजा बताउनु हुन्छ । अन्य प्रशिक्षकहरु पनि नाम चलेका र अनुभबी राखेका कारण यो जिममा अत्यधिक भिडभाड बढेको छ ।
बिगत लामो समय बिदेशमा रहेर काम गरि सक्नु भएका देउजा एक सर्टिफाइ ट्रेनर पनि हुन। यस कागेश्वरी मनोहरा नगरपालिकामा सबैको स्वास्थ्यमा ध्यान राखि एक सुबिधा सम्पन्न र अति आधुनिक उपकरण सहित नगरपालिका कै ठुलो र स्तरिय ब्यायामशाला खोल्न सफल हुनु भएको छ।आगामी दिनमा राम्रा राम्रा खेलाडी उत्पादन गर्ने लक्ष्य सहित स्थापना गरिएको मेटल फिटनेस सेन्टर धेरैको रोजाइमा पर्न थालेको छ। बिदेशमा सिकेको ज्ञान र सीपलाइ आफ्नै देशमा कार्यन्वयन गर्ने सोच सहित ठुलो लगानीमा स्थापना गर्न सफल हुनु भएका जेम्स देउजाको मुख्य सपना भनेको आफ्नो सीप र कौशल स्थानिय तबरमा युबा पुस्तालाइ हस्तान्त्रण गर्नु हो ।