तेस्रो राष्ट्रिय बिशाल लुम्बिनी लोक दोहोरी अवार्ड २०८० को फाईनल कार्यक्रम फागुन १ गते हुने सम्मानको घोषणा

२०८० माघ २८, आईतवार १८:४८ गते २०८० माघ २८, आईतवार १८:४८ गते २०८० माघ २८, आईतवार १८:४८ गते

काठमाडौं ।स्वर्गीय कल्पना गैरे स्मृती फाउण्डेशनको सहयोगार्थ बिशाल मुभिज प्रा.लि.अनामनगर द्धारा आयोजित तेस्रो राष्ट्रिय बिशाल लुम्बिनी लोक दोहोरी अवार्ड २०८० को फाईनल कार्यक्रम तथा स्रष्टा सम्मान यही फागुन १ गते चलचित्र बिकास बोर्डको सभाहल चाबहिलमा हुने भएको छ ।

गण्डकी प्रदेश सरकारका संस्थापक मुख्य मन्त्री तथा पुर्व संस्कृती पर्यटन मन्त्री माननिय पृथ्बी सुब्बा गुरुङको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा लोक तथा दोहोरी गीत संग सम्बन्धीत ३२ बिधाका करिब ५० भन्दा बढी कलाकारहरुलाई उत्कृष्ट अवार्ड बितरण गर्न लागीयको कुरा बिशाल मुभिजका उपाध्यक्ष तथा अवार्ड कार्यक्रमका संयोजक चर्चित गायक,मोडल धिरज खत्रीले जानकारी गराए ।

सो फाईनल कार्यक्रमका अबशरमा नेपाली लोक संगीतमा क्रियाशिल करिब एक दर्जन अग्रज तथा अनुज स्रष्टा ,सर्जक अनि पत्रकारहरु सम्मानित हुने आयोजकले जनायको छ । कार्यक्रममा बरिष्ठ लोक गायक राजु परियार, बरिष्ठ लोक गायिका सिर्जना बिरही थापा,मौलिक लोक गायक सुरेन्द्र गुरुङ,मौलिक लोक गायिका जमुना राना,गायक तथा सर्जक रामचन्द्र चन्द,नायक शितल के.सी.,संगीत संयोजक राकेश सोनी,पत्रकार कबिराज ढकाल,मोफोसलका पत्रकार दिपेन्द्र थापा मगर लगायतलाई बिभिन्न बिधाबाट सम्मानित गर्न लागीयको कुरा आयोजक संस्था बिशाल मुमिजका अध्यक्ष तथा चर्चित गायक,सर्जक हुम गैरेले जानकारी दिए ।

यस भन्दा अगाडिका संस्करणहरु निष्पक्ष अनि भब्यताका साथ सम्पन्न भएका कारणले पनि यो तेस्रो संकरणमा पनि धेरै भन्दा धेरै कलाकारहरुको उत्साहजनक सहभागीता रहने तथा कार्यक्रम भब्यताका साथ सम्पन्न हुने कुरामा आशावादी रहेको कुरा अवार्ड कार्यक्रमका संरक्षक तथा बरिष्ठ लोक गायक ईन्द्र जि.सी.ले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *