अभिभावकले गुनासो गर्दा विद्यालयबाट विद्यार्थी निष्कासित

२०८० फाल्गुन १०, बिहीबार १९:२४ गते २०८० फाल्गुन १०, बिहीबार १९:२४ गते २०८० फाल्गुन १०, बिहीबार १९:२४ गते

काठमाडौं । मण्टेश्वरी तहको पढाइ हुने धापासीमा रहेको लिटल पेगासस एकेडेमीले अभिभावकको गुनासो आजसम्म कसैले नगर्ने गरेकोले कसैको पनि गुनासो नसुन्ने बताएको हो । एकेडेमीकी प्रिन्सिपलले विभिन्न बहाना बनाउदै विद्यार्थीलाई विद्यालयबाट निष्कासन गर्न खोजिएको देखिन्छ । तपाईंको बच्चा विद्यालयमा आफै लिन पुर्याउन आउनुस तपाईंको घरमा बस आउदैन जस्ता अनावश्यक कुराहरु गर्दै विद्यालयले सक्नुहुन्छ विद्यालय ल्याउनुस् नत्र जे सुकै गर्नुस् भनेको थियो । त्यस पश्चात् विद्यालयले सधै विद्यालयमै राख्ने गरेको कापी किताबसमेत विद्यार्थीसाथै पठाएको परिवारको भनाइ छ । अभिभावकले आफ्नो गुनासो समेत राख्न नपाउने विद्यालय कस्तो विद्यालय ? सयौं विद्यार्थीको भविष्य उज्ज्वल बनाउन जिम्मा लिएको विद्यालयले यस्तो गर्दा अरु अभिभावकले के बुझ्ने ? अभिभावकले विद्यार्थीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै खानपिनको विषयमा केहि बुझ्न खोज्दा एक अबोध बालिकालाई विद्यालयले शैक्षिकसत्रको बीचमै अलपत्र पार्दै निष्कासन गरेको हो । अहिले कक्षा नर्सरीमा पढ्ने ती बालिका घरमै रहेको परिवार स्रोतले जनाएको छ । शिक्षाको ज्योति बाड्ने विद्यालयले नै बालबालिकाको मनोविज्ञानलाई केहि ख्याल नै नगरी यस्तो क्रियाकलाप गर्दा विद्यार्थीलाई कस्तो असर पर्ला ? यस्तो अवस्थामा विद्यालयले कुनै पनि हालतमा आफ्नो शैली र प्रस्तुत हुने तरिका सुधार्न आवश्यक देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *