मार्च ८ मा बेलायतमा प्रदर्शन हुँदै नेपाली चलचित्र ‘टुल्की’

२०८० फाल्गुन १८, शुक्रबार १८:२० गते २०८० फाल्गुन १८, शुक्रबार १८:२० गते २०८० फाल्गुन १८, शुक्रबार १८:२० गते

लन्डन । बहुपति प्रथामा आधारित नेपाली चलचित्र ‘टुल्की’ बेलायतमा प्रदर्शन गरिने भएको छ ।

अल्डरसटस्थित एम्पायर हालमा आउँदो मार्च ८ तारिख ६ बजे ‘टुल्की’प्रदर्शन गर्न लागिएको फिल्म सम्पादन गरेका फिल्म एडिटर तारा थापा किम्भेले जानकारी दिए । नेपालको डोल्पा भेगमा हालसम्म कायम बहुपति प्रथालाई चलचित्रमा चित्रण गर्न खोजिएको बताउंदै थापाले शोमा आएर भरपुर मनोरन्जन लिन अपिल गरे ।

यस चलचित्रमा तीन भाइको एउटै श्रीमती हुन्छिन् । एउटा छोराले बिहे गरेर ल्याएपछि सबै दाजुभाइले श्रीमति स्वीकार गरेर बसेको कथा टुल्कीमा छ । के कसरी यो प्रथा थालनी भयो भन्ने विषय चलचित्रमा उतार्न खोजिएको छ ।

डोल्पाको रमणीय ठाउँहरुमा छायांकन गरिएको उक्त चलचित्र निर्देशन देव थापाले गरेका छन् भने निर्माता आर पी कर्माचार्य र उजेली लामा छन् । पाम ग्रुपको ब्यानरमा शेखर लामाले प्रस्तुत गरेका हुन् फिल्म । कथा लक्ष्मण सुनारको छ । फिल्ममा शिशिर बाङदेल, स्वस्तिमा कार्की, सोफिया लिम्बु, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, भक्तसिंह कथायत, रन्जन प्रसाद न्यौपाने आदिले अभिनय गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *