हामीले माघ १८ देखि फागुन १८ सम्म मेला आयोजना गरेका थियौं । चावहिल चुच्चेपाटी बसस्टपस्थित पासाङल्हामु शालिक पछाडि खुल्ला चौरमा आयोजित मेलामा स्थानीयबासीहरुको आकर्षण देखियो । केही समय मेला थप गर्दा यहाँका स्थानीय बासीहरु अझ बढी लाभान्वित हुने विश्वासका साथ हामीले मेला समय थप गरेका छौं । अब मेला फागुन २९ गतेसम्म चल्नेछ ।
मेलाका कति वटा कम्पनी सहभागी छन् ?
स्वदेशी प्रतिष्ठित जुत्ता चप्पल उद्योगहरुको संयुक्त आयोजनामा मेला भइरहेको छ । मेलामा १४ वटा कम्पनीका ३० ओटा ब्रान्डका जुत्ता चप्पलहरु बिक्री तथा प्रदर्शनीमा राखिएका छन् । ८ हजार मोडलका जुत्ता चप्पल उपलब्ध छन् ।
जुत्ता चप्पल बाहिर किन्नु र मेलामा किन्नुको फरक के रहन्छ ?
कहाँ, कसरी, कस्तो र कति मूल्यको जुत्ता चप्पल सपिङ गर्ने उपभोक्ताको व्यक्तिगत अधिकारको कुरा हो । हाम्रो उद्देश्य उपभोक्तालाई गुणस्तरीय जुत्ता चप्पल विशेष छुटमा उपलब्ध गराउनु हो । मेलामा उपभोक्ताहरुको सुविधालाई ध्यानमा राख्दै ६० प्रतिशतसम्म छुट उपलब्ध गराइएको छ । उत्पादक कम्पनीहरुले नै मेला आयोजना गरेकाले मूल्य सस्तो पर्नेछ । छुटले अझै बढी लाभ मिल्नेमा हामी विश्वस्त छौं । त्यस्तै मेलामा एक हजार भन्दा बढी डिजाइनका जुत्ता चप्पलहरु छन् । सबै उमेर समूहका लागि जुत्ता चप्पल सपिङ गर्न सकिनेछ ।
अन्त्यमा के भन्नुहुन्छ ?
मेला हामीले ११ दिनका लागि थप गरेका छौं । यदि आजको दिनसम्म मेलामा सहभागी हुनुभएको छैन भने फागुन २९ गतेसम्म उपस्थित भइदिनुहुन म सम्पूर्णमा आग्रह गर्दछु । आवश्यकता अनुसारको जुत्ता चप्पल खरिद गर्नुहोला । हामीलाई यहाँहरुले स्वस्थ सल्लाह सुझावसमेत दिन सक्नुहुनेछ । यहाँहरुबाट प्राप्त सल्लाह तथा सुझाव अनुसार आगामी दिनमा मेलालाई थप परिस्कृत र व्यवस्थित गर्न सहयोग पुग्नेछ ।