२ भदौ ललितपुर , कान्तिपुर कोलोनी टोल विकास संस्था र कान्तिपुर महिला समुहले “कान्तिपुर बाटिका शुभारम्भ,वृक्षारोपण,वातावरण संरक्षण तथा सरसफाइ कार्यक्रम’’ शनिवार सम्पन्न गरेको छ। झण्डै पच्चिस भन्दा बढी सामाजिक क्षेत्रमा योगदान पुर्याउदै आएका सामाजिक अभियान्ता र संघ संस्थाका प्रतिनिधीहरुको उपस्थिती रहेको सो कार्यक्रममा टोल विकास संस्थाका अध्यक्ष जितेन्द्र बहादुर भण्डारीको सभापतित्व तथा प्रमुख अतिथी ललितपुर महानगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष अमृत जंग महत रहनु भएको थियो।

टोल विकास संस्थाका अध्यक्ष भण्डारी र महिला समुह अध्यक्ष नन्द कुमारी गरुङ लगायतको टोलीले प्रमख अतिथीलाइ कान्तिपुर वाटिको साइनबोर्ड उद्धघाटन गरेर बाटिका अवलोकन गराइ सके पछि बृक्षरोपण गरेर शुभारम्भ गरिएको कार्यक्रममा प्रमुख अतिथी तथा वडा नम्बर १४ अध्यक्ष अमृतजंग महतले १४ नम्बर वडाले यस कोलोनी वरपर ६० लाख रुपैया अगिल्लो वष सहयोग गरेको वताउनु भयो। महिलाहरुलाइ सांगितीक तालिम सिकाएर बध्यवाधन हस्तान्तरण गरेको जानकारी दिनु भयो । महतले कोलोनीमा रहेको भिरालो जग्गामा डिपिआर गरेर आकर्षक पार्क बनाउन पहल गर्ने तथा यहि वर्ष खानेपानीको पाइप पुरयाएर स्थानीय बासीन्दालाइ पानीको पहुँच दिने प्रतिबद्धता व्यक्त गर्नु भयो।

टोल विकास संस्थाका अध्यक्ष भण्डारीले कार्यक्रमको स्वागत तथा आर्थिक प्रतिवेदन पेश गर्दै नखिपोट नजिकै रहेको अलकत्रा फ्याक्ट्रीले मानव स्वास्थ्यमा नकारात्म असर गर्ने हुँदा यसको व्यवस्थापन तथा साबन र हड्डी फ्याक्ट्रीले टोलको बिचबाटोबाट रगत र मासु चुहाउँदै हिडेर प्रदुषण बढाएकोमा यसको समाधानको लागि सम्बन्धित निकायलाइ ध्यानाकर्ष गर्न गराउन वडा अध्याक्ष महत संग जोडदार माग गर्नुभयो ।

सम्पुर्ण समाजसेवी स्वंय सेवाक, प्रायोजक, लगायतको सामुहिक पहलमा कान्तिपुर वाटिकामा विभिन्न प्रजातिका ५ सय बोट विरुवा रोपण गर्न सफल भएको हुँदा आगामी दिनमा पनि सबैको साथ र सहयोग पाउने विश्वास रहेको टोल विकास संस्थाका सचिव पदम राज पौडेल ले वताउनु भयो।
कार्यक्रममा जिल्ला डिभिजन बन कार्यालय ललितपुरका बन अधिकृत हेम थापा, प्रहरी नायव उपरिक्षक प्रहरी चित्र बहादुर भटट्ट्रटराइ, सव डिभीजन वन कार्यालय हात्तीवनका अधिकृत दुर्गा कार्की ,वडा नम्बर १४ का कार्यपालिका सदस्य सानुकाजी तोलामी,(महिला सदस्य)सहनसिला कार्की , वालअधिकार संयोजक संगिता अछामी,वातावरण तथा सरसफाइ समिती संयोजक कुवेर केशी,खानेपानी तथा ढल समिती संयोजक सनत कार्की ,वडा सचिव सुलोचना लुइटेल लगायत, शिव टोल विकास समिती अध्यक्ष श्रवण कुमार सिंह माथेमा,बुद्धमार्ग टोल विकास समिती चिनिया नारायण श्रेष्ठ, लोहाचोक महिला समुह अध्यक्ष आश्मा रोक्का ,समाज सेवीहरु मथुरा घिमीरै, नवराज राइ,दुर्गा देवान,भक्तबहादुर अछामी,उत्तम अछामी,शिवराज अछामी, नवराज थापा, नखिपोट,को उपस्थिती रहेको थियो।

ग्लोबल आइएमइ बैंकको मुख्य प्रायोजनमा गरिएका सो कार्यक्रममा प्रायोजक बैंक ग्लोबल आइएमइ परिवारलाइ धन्यवाद दिदै खुमलटार शाखा प्रबन्धक प्रबिन आचार्यलाइ सम्मान पत्र हस्तान्तण गरिनुका साथै रोटरी क्लव अफ भादगाउँ, लायन्स क्लब अफ शुभकामना काठमाण्डौं लगायत विभिन्न क्षेत्रमा प्रत्यक्ष सहयोग गर्ने सहयोगी मनलाइ सम्मान तथा कदर पत्र वितरण गरिएको थियो। अन्य समाजसेवी तथा सामाजिक अभियान्ता प्रति कृतज्ञता प्रकट गरिएको थियो

कार्यक्रममा टोल विकास संस्थाका वरिष्ठ उपाध्यक्ष माया भण्डारी, उपाध्याक्ष उमा नेपाल, कोषध्यक्ष षडानन्दा साह, सचिव पदम राज पौडेल,सह कोषाध्यक्ष केपी सुवेदी,पुर्व अध्यक्ष बिष्णु जोशी कृष्ण रेग्मी,सल्लाहकार राम प्रसाद भट्टराइ लगायत सम्पुर्ण लब्ध प्रतिष्ठित टोलवासीहरुको जम्मा भएको सो कार्यक्रममा विभिन्न पेशा वा व्यवसायमा आवद्ध संघ संस्थाका प्रतिनिधीहरुको उल्लेख्य सहभागीता रहेको सो कार्यक्रमा कान्तिपुर कार्यक्रममा बहुउद्धेश्य क्लिनिंग सर्भिसका नवराज आचार्य,भुवनेश्वरी माता इन्भेष्टमेन्ट निशान बस्नेत,कृषि अनुसन्धान परिसद खुमलटार कुमार दाहाल, स्वास्थ्य स्वंय सेवीकाहरु,ललितपुर महानगपालिका प्रतिनिधी,सामुदायिक प्रहरीका सहि फुल कुमारी पौडेल,शिव मन्दिर प्रतिनिधीहरुको उल्लेख्य सहभाग्ति रहेको थियो।

कार्यक्रममा वक्ताहरुले वातावरण र सरसफाइ परिपुरक रहेको हुँदा आफ्नो वरपरको वातवरण संरक्षण गर्न टोलवासी नै जागरुक हुनुपर्ने कुरामा जोड दिनु भयो। विभिन्न समाजसेवी र सामाजिक संस्थाका प्रतिनिधीहरु उपस्थित भएको सो कार्यक्रममा टोल विकास सस्थाका ५ जना सरसफाइ संयोजकले उपस्थित संयोजकलाइ आवश्यक औजार ग्लोब तथा पानीको प्रबन्ध गरेर सहजीकरण गर्नु भएको थियो। महिला समुहकि अध्यक्ष नन्द कुमारी गरुङ लगायतको समुहले उपस्थित अतिथीहरुलाइ खादा लगाइ स्वागत गर्नुको साथै खाजाको प्रबन्ध गर्नु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *