लिटिल बुद्धज एकेडेमी हलमा ग्लोरी किडसका बालबालिकाहरुको सिकाई नमुना प्रस्तुती

२०८१ आश्विन ४, शुक्रबार १७:३६ गते २०८१ आश्विन ४, शुक्रबार १७:३६ गते २०८१ आश्विन ४, शुक्रबार १७:३६ गते

काठमाडौं । डल्लु स्थित लिटिल बुद्धज एकेडेमी हलमा प्रशिक्षणरत ग्लोरी टिन एण्ड किडस ट्यालेण्टसका सहभागी बालबालिकाहरुले प्रस्तुती दिनुभएको छ। संविधान दिवसको अवसरमा असोज तीन गते उहाँहरुले सिकाई नमुना प्रस्तुती गर्नुभएको हो । एन प्याब्सनका बागमती प्रदेश अध्यक्ष एवम् लिटिल बुद्धज एकेडेमीका प्रिन्सिपल नारायण बहादुर कार्कीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा अभिभावक, शिक्षक एवम् विद्यालय व्यवस्थापन सम्बद्ध अतिथिहरुको उपस्थिती रहेको थियो । कार्यक्रम माझ बालबालिकाहरुले इभेन्टसँग सम्बन्धित रहेर प्रस्तुतीकरण दिनुभएको थियो ।

सो अवसरमा प्रमुख अतिथि कार्कीले ग्लोरी टिन एण्ड किडस ट्यालेण्टसले बालबालिकाको सर्वाङ्गीण विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुहुँदै यस्ता कार्यक्रमबाट प्राप्त प्रशिक्षण तथा अभ्यासगत प्रस्तुतीकरणबाट बालबालिकालाई जीवनमा अघि बढन थप मद्धत पुग्ने बताउनुभयो ।

त्यसैगरि बाल दिवसको अवसरमा आयोजित कार्यक्रममा उपस्थित हुन असमर्थ अभिभावकहरुलाई पायक पर्ने गरि नमुना प्रस्तुतीकरण कार्यक्रममा कार्यक्रम प्रगती बारे अवगत गराउन तथा समिक्षा गर्ने उदेश्यसहित संविधान दिवसको अवसरमा कार्यक्रम आयोजना गरिएको आयोजक संस्था ग्लोरी मिडियाका अध्यक्ष सरोज ओझाले बताउनुभयो ।

सोमराज बास्तोला ईभेण्ट निर्देशक रहेको उक्त ग्लोरी टिन एण्ड किडस ट्यालेण्टसका प्रतियोगीलाई फेसन कोरियोग्राफर रोजिन शाक्यले प्रशिक्षण दिदै आउनुभएको छ । ग्लोरी किडसको हाल निलोपुल स्थित ब्रेनल्याण्ड एकेडेमी हल र डल्लु स्थित लिटिल बुद्धज एकेडेमी हलमा प्रशिक्षण कार्य जारी छ । कार्यक्रमका विजेता तथा सहभागी प्रतियोगीहरुले एनटिभि न्युजमा प्रसारण हुने कार्यक्रम सचेतनाको बालबालिका लक्षित श्रृंखलाहरुमा कार्यक्रम प्रस्तोता भई कार्यक्रम संचालन गर्न पाउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *