काठमाडौ – गैरआवासीय नेपाली संघ एनआरएनएले संस्थाको स्थापना दिवस(एनआरएनए डे) भब्यताका साथ मनाउने जानकारी गराएको छ । नेपाल सरकारले नै हरेक वर्ष ११ अक्टोवरलाई एनआरएनए डे (गैरआवासीय नेपाली दिवस) को रूपमा मनाउँदै आउने गरेको छ । यसपटकको एनआरएनए डे भने अघिल्लो बर्षको जस्तो तामझाम नहुने जनाईएको छ । बाढीपहिरोले देश नै शोकमा भएकाले यसपटकको एनआरएनए डे आरके शर्मा/ महेश श्रेष्ठ समुहले जुम मिटिङ मार्फत बिश्वभरका नेपालीलाई जोडेर मनाउदैछ ।
एनआरएनए डेमा शर्मा समूह र केसि समुहको छुट्टा छुट्टै कार्यक्रम तय गरेका छन ।
एनआरएनए डे शर्मा/ श्रेष्ठ समुहले शुक्रवार दिउँसो ४ बजे जुम मिटिङ राखि अन्य विविध सामाजिक कार्य गरेर मनाउने अध्यक्ष आरके शर्माले बताए ।
यसैगरि एनआरएनए डेमा बद्री केसि समुहले पनि पशुपती र स्वयम्भू पुजासहित बिबिध कार्यक्रम गरेर मनाउदैछ ।
देश बिकाश र बिश्वमा रहेका नेपालीहरुलाई एकै ढिक्कामा जोड्ने परिकल्पना गर्दै सन् २००३ मा नेपालीका लागि नेपाली भन्ने मूल नारासहित गैरआवासीय नेपाली संघको स्थापना भएको थियो । संस्थाको हाल विश्वका ८७ देशमा शाखा रहेको छ भने गुट उपगुट र जुँगाको लडाईका कारण एनआरएनए हाल ३ समुहमा बिभाजित भएको छ । सबैले आ आफ्नो तवरबाट एनआरएनए डे मनाउने जनाएका छन ।
स्थापना दिवसको अवसरमा अक्टोवर पुरै महिना बिविध परोपकारी कार्य र बाढी पिडितलाई सहयोग गरिने अध्यक्ष आरके शर्माले बताए ।