तामाङ सोसाइटी अफ अ्मेरिकमा तुल बहादुर तामाङको टिमको शानदार विजय

२०८१ चैत्र ४, सोमबार १३:३८ गते २०८१ चैत्र ४, सोमबार १३:३८ गते २०८१ चैत्र ४, सोमबार १३:३८ गते

अक्कल तामाङ, न्युयोर्क | आज सम्पन्न तामाङ सोसाइटी अफ अ्मेरिकको महाधिवेशन बाट 2025-2027 को लागि अध्यक्ष तुल बहादुर तामाङको टिमले विजय हासिल गरेका छन । अत्ति नै प्रतिस्पर्धा बीच तुल बहादुर तामाङले अध्यक्ष पदको अर्को प्रत्यासी शमसेर योन्जनलाइ 16 मतले पछि पार्दै आफ्नो जीत सुनिश्चित बनाएको हो । कुल ६१९ जना मतदाता रहेको यस अधिवेशनमा ५०१ मतदाताले मतदान गरेकोमा सर्वाधिक २५९ मत ल्याएर चादनी लामा महासचिव पदमा निर्वाचित भएकी छिन ।

न्युयोर्क लगायत वरिपरि स्टेटको तामाङ समुदायलाइ एकतवध्द पार्दै समुदायको पहिचान, धर्म, संस्कृति तथा खेलकुदको प्रवर्द्धनमा र अन्य क्षेत्रमा विशेष जोड दिने प्रतिबद्धता नव निर्वाचित अध्यक्ष तुल बहादुर तामाङ्ले व्यक्त गरेको छ। नयाँ कार्यसमितिका पदाधिकारीहरूमा अध्यक्ष तुल बहादुर तामाङ साथै वरिष्ठ उपाध्यक्ष सन्त बहादुर तामाङ, उपाध्यक्ष दुध राज तामाङ, महिला उपाध्यक्ष उमा तामाङ, महासचिव चादनी लामा , सचिव राजु लामा, महिला सचिव सोनिया मोक्तान, कोषाध्यक्ष विष्णु तामाङ , सहकोषाध्यक्ष निरु तारा योन्जन निर्वाचित भएका छन् भने सानु मोक्तान सदस्य पदमा यस अघि नै निर्विरोध निर्वाचित भै सकेको थियो ।तामाङ सोसाइटी अफ अ्मेरिकले लामो समयदेखि तामाङ समुदायको एकता, सहयोग, धर्म-संस्कृति संरक्षण तथा सामाजिक सेवामा महत्वपूर्ण भूमिका खेल्दै आएको छ । 

निवाचन आयुक्त बिआर लामा, निर्वाचन अधिकृत सानो माया तामाङ र राजु तामाङले अत्ति नै सम्यम्ता अपनाइ अहोरात्र खटेर सौहार्दपुर्ण वातावरणमा व्यवस्थित ढङ्गले निर्वाचन सम्पन्न गरेको छ . प्रमुख अतिथि लामा गुरुले दीप प्रज्ज्वलन गर्नु भै मन्त्र पढ्नु भएपछि शुरु भएको महाधिवेशनमा आर्थिक प्रतिवेदन प्रस्तुत सचिव मैया तामाङले गर्नु भएको थियो भने वार्षिक प्रतिवेदन महासचिव शम्सेर योन्जनले गर्नुको साथै कार्यक्रम सन्चालन गर्नु भएको थियो । त्यसैगरि अध्यक्ष बुध्दिमान तामाङले आफ्नो कार्यकालमा सस्थाले गरेको आम्दानी बीस हजार डलर ट्रष्टिका अध्यक्ष इन्द्र तामाङलाइ हस्तान्तरण गर्नु हुदै आफ्नो कर्यकाल सफल बनाउन सहयोग पुर्याउने सम्पुर्ण सदस्यारुलाइ धन्यवाद दिदै कार्यकाल समाप्त र कार्यक्रम समापन भएको घोषणा गर्नु भएको थियो । नवनिर्वाचित टिमलाइ हाम्रो तर्फबाट पनि हार्दिक बधाइ !

Here’s the latest on TSA voting results.

Tul B. Tamang254
Santa B. Tamang
243
Dhutraj Dumjan
248
Maiya K Tamang
237
Chandani Lama
259
Raju Lama
255
Soniya Moktan
241
Bisnu Tamang
246
Niru Tara Yonjan
250

Shamser Yonjan
238
Sunil Lama
239
Bhim Syangtan
236
Uma Tamang
241
Nima Bomjan
230
Nima Tamang
229
Saraswati Tamang
239
Devraj Tamang
235
Sang Duppa Lama
230

Leave a Reply

Your email address will not be published. Required fields are marked *