भोटिङ मेसिन नल्याएपछि कांग्रेसको पार्टी कार्यालयमा नाराबाजी

२०८१ चैत्र ९, शनिबार २०:५० गते २०८१ चैत्र ९, शनिबार २०:५० गते २०८१ चैत्र ९, शनिबार २०:५० गते

काठमाडौं, चैत्र ९ । मतदानका क्रममा भोटिङ मेसिनको माग भए पनि मेसिन नल्याएपछि कांग्रेसनिकट राष्ट्रिय लोकतान्त्रिक अपांग संघको निर्वाचन प्रभावित भएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा हिजोबाट सुरु भएको महाधिवेशन अन्तर्गत आज मतदानको कार्यक्रम रहेको छ । भोटिङ मेसिनबाट मतदान गर्ने भनेर प्रतिनिधिले पटक पटक आवाज उठाए पनि आफूहरुको आवाजलाई बेवास्ता गरिएको असन्तुष्टहरुले बताएका छन् । ‘भोटिङ मेसिन नै चाहिन्छ भनेर भनिरहेका छौं तर मतदानमा जालझेल गर्ने नियतले हाम्रो कुरा सुनिएन’ एक प्रतिनिधिले भने । उनीहरुले निर्देशक समितिका संयोजक मधु आचार्यविरुद्ध नाराबाजी गरिरहेका छन् । निर्वाचनमा अध्यक्षका लागि विकास थापा र माधव चम्लागाईको प्रतिस्पर्धा रहेको छ ।

समयमा निर्वाचन नभएपछि केही मतदाता फर्किसकेको पनि जनाइएको छ । उनीहरुले भएका प्रतिनिधिहरुले पनि भाेिटिङ मेसिनबाट नै मतदान गर्न पाउनुपर्ने नभए निर्वाचन वहिष्कार गर्ने चेतावनी दिएक छन् । संघको यो प्रथम महाधिवेशन हो । पार्टीका महामन्त्री गगनकुमार थापाले पार्टीलाई नै प्रविधिमैत्री बनाउने भन्दै आए पनि उनकै पार्टीनिकट संघको महाधिवेशनमा भोटिङ मेसिन चाहियो भनेर नाराबाजी गर्नुपर्ने अवस्था आउनु दुःखद् रहेको भन्दै प्रतिनिधिहरुले गुनासो गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *