नेपाली चलचित्र ‘डोरी’ नेपालभरका हलहरूमा सार्वजनिक प्रदर्शनमा

२०८१ चैत्र १६, शनिबार १२:०५ गते २०८१ चैत्र १६, शनिबार १२:०५ गते २०८१ चैत्र १६, शनिबार १२:०५ गते

काठमाडौंआज एक मात्र नेपाली चलचित्रडोरीनेपालभरका हलहरूमा सार्वजनिक प्रदर्शनमा आएको देशभर करिब १२० शो सहित यो चलचित्ररिलिज भएको हो नेपाली चलचित्रको लागि प्रमुख बजार रहेको काठमाडौं उपत्यकामा विभिन्न आन्दोलनका कारण नयाँ रिलिज प्रदर्शनरत कुनै पनिचलचित्रको लागि उत्साहजनक बुकिङ भने देखिएको छैन आन्दोलनका कार्यक्रमहरू सकिएपछि  साँझतिरका शो हरूमा चलचित्र हेर्न दर्शक हल पुग्नेअपेक्षा गरिएको

डोरीलाई केन्द्रीय चलचित्र जाँच पास समितिलेपिजीप्रमाणपत्र प्रदान गरेको , जस कारण यो चलचित्र १६ वर्ष मुनिका बालबालिकालेअभिभावकका साथमा मात्र हेर्न पाउनेछन् चलचित्रका निर्देशक अरुण लामाले सामाजिक कथामा हास्य रस, थ्रिल हररलाई मिश्रण गरीडोरीतयारभएको बताए लामाले चलचित्रको कथावस्तु सबैको जीवनसँग कुनै कुनै रूपमा मेल खाने भएकाले दर्शकले यसमा अपनत्व महसुस गर्ने विश्वास व्यक्तगरे

डोरीको लेखन तथा निर्देशन अरुण लामाले गरेका हुन् चलचित्रमा अरुण आफैँले प्रमुख भूमिका निभाएका छन् भने प्रवीण खतिवडा, शिशिर बाङ्देल, प्रकाश घिमिरे, अञ्जना बराइली, राज पौडेल, कविता आले, नूतन, राज थापा, वीरेन्द्र सिंह कुशवाहा, शारदा अधिकारी, प्रेम सुब्बा, सजन श्रेष्ठ, रामबाबुरेग्मी, लगायतका कलाकारहरूको अभिनय रहेको

चलचित्रका निर्माता दिनेश भट्टराई हुन् भने कार्यकारी निर्माता राज थापा रहेका छन् चलचित्रको स्क्रिप्ट डाक्टर मनोज पण्डित हुन् भने मुख्य सहायकनिर्देशक दिनेश बहादुर रावत, एक्सन निर्देशक राजु तामाङ, सङ्गीत निर्देशक राजनराज सिवाकोटी, छायाङ्कन निर्देशक सौरभ लामा, कला निर्देशकरोशन दिवाना, सम्पादक मिलन श्रेष्ठ, रङ्ग संयोजक रेनीश फागो रहेका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *