काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको यहि चैत २९ मा हुने निर्वाचनका लागि भाले जुधाई शुरु भएको छ । निर्वाचनका लागि नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसन र गणतान्त्रिक मंचका तर्फबाट भुवन गुरुङको अध्यक्षतामा प्यानल र प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका सदस्यहरुको असन्तुष्ट समुह र एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनको तालमेलमा संयुक्त व्यवसायी समूहको तर्फबाट नरेश गेलालको अध्यक्षतामा प्यानल गरि २ प्यानल बनेका छन । दुबै प्यानलले बाजि मार्नको लागि अहिले कृयाशिल रहेका छन । गुरुङ र गेलाल दुबै ब्याबसायी र संघको राजनितीमा भिजेका अनुभवि ब्यक्तिहरु भएकाले यसपटकको निर्वाचन प्रतिस्पर्धात्मक हुने निश्चित छ । अहिले गुरुङ र गेलाल दुबैले टिम सार्वजनिक गरेर निर्वाचनमा होमिएका छन ।
प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका सदस्यहरुको असन्तुष्ट पक्ष र एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनबीचको तालमेलमा संयुक्त व्यवसायी समूहको अध्यक्षमा संघका पूर्वमहासचिव तथा मञ्चका पूर्वअध्यक्ष,एचआर इन्टरनेसनल सर्भिस प्रा. लि.का अध्यक्ष नरेश गेलाल चुनावी प्रतिस्पर्धामा उत्रिएका छन । सो समूहले बुधबार पदाधिकारी र सदस्यसहित १७ सदस्यीय प्यानल सार्वजनिक गरेको छ । गेलाल नेतृत्वको प्यानलको प्रथम उपाध्यक्षमा एलायन्स ह्युमन रिसोर्स प्रा. लि.का संचालक संघका धेरै पदमा रहेर काम गरिसकेका अनुभवी ब्याबसायी सुजितकुमार श्रेष्ठ, द्वितीय उपाध्यक्षमा संगठनका महासचिव एबम इम्प्लोइमेन्ट लिंक नेपाल प्रा. लि.का संचालक मधुकर रिजाल, तृतीय उपाध्यक्षमा न्यु अल्फा एचआर प्रा. लि.का संचालक बैकुण्ठ पौडेल वैभव, महासचिवमा वर्तमान सचिव एबम डाइनामिक स्टाफिङ सोलुसन प्रा. लि.का संचालक कर्णराज कटुवाल, सचिवमा कन्फिडेन्ट इन्टरनेसनल म्यानपावर प्रा. लि.का संचालक एबम संगठनका सचिव अनिल बोगटी र कोषाध्यक्षमा कालिञ्चोक एचआर प्रा. लि.की संचालक धनु सिँजाली मगर रहेका छन् ।
कार्यसमिति सदस्य उम्मेदवारहरूमा माउन्टेन ग्रुप प्रा. लि.का संचालक देउमान नेम्बाङ, ग्रोथ प्रोसेस इन्टरनेसनल इम्प्लोइमेन्ट प्रा. लि.का संचालक राजेन्द्र बस्नेत, उज्यालो ओभरसिज प्रा. लि.का संचालक चन्द्र लिम्बू,आयुश ओभरसिज प्रा. लि.का संचालक कामेश्वर साह राहुल,
विनर एचआर सोलुसन प्रा. लि.की संचालक हिमा गुरुङ, रियो ओभरसिज प्रा. लि.की संचालक रमा खड्का, गल्फ इम्पायर ओभरसिज प्रा. लि.का संचालक दिनेश बस्नेत, सिगुल ओभरसिज प्रा. लि.का संचालक छत्र बस्नेत, डेस्टिनी ह्युमन रिसोर्स प्रा. लि.का संचालक युवराज देवकोटा र गल्फ एसिया म्यानपावर प्रा. लि.का संचालक राजेश यादव रहेका छन ।
उक्त कार्यक्रममा उम्मेदवारहरूलाई शुभकामना व्यक्त गर्दै संघका पूर्वअध्यक्ष विमल ढकालले लागू हुन सक्ने सबै प्रकारका सिन्डिकेटका विरुद्ध गेलाल समूह निर्माण गरिएको दावी गरे । पूर्वअध्यक्ष ढकालले पार्टीको निर्देशनअनुसार प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालसँग गठबन्धन गरिएको बताए ।
उम्मेदवार घोषणासभामा नेकपा एमालेका सचिव पूर्वमन्त्री योगेश भट्टराई, नेकपा (एकीकृत समाजवादी)का स्थायी समिति सदस्य तथा वैदेशिक रोजगार इन्चार्ज नागेन्द्र चौधरी, नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सीता देवकोटालगायतले शुभकामना मन्तव्य राखेका थिए ।
यसैगरी नेपाली काङ्ग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसन र नेकपा माओवादी निकटको वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्च बीच पनि सयुक्त प्यानल बनाएर उम्मेदवारी सार्वजनिक गरेको छ । सो प्यानलको अध्यक्षमा भुवन सिंह गुरुङ, प्रथम उपाध्यक्ष उम्मेदवार नरेन्द्र प्रसाद ढकाल, दितिय उपाध्यक्ष उम्मेदवार देब कुमार खोखाली,तृतीय उपाध्यक्षका उम्मेदवार हर्क बहादुर लिम्बू रहेका छन भने महासचिवका उम्मेदवार महेश कुमार बस्नेत,सचिब उम्मेदवार कुन्छा दोर्जे डिमदोङ र कोसाध्यक्ष उम्मेदवार बिक्रम श्रेष्ठ रहेका छन् ।यस्तै गुरुङ प्यानलका सदस्य उम्मेदवारहरुमा बिद्यालक्ष्मी बज्राचार्य,देबि प्रसाद गिरि,दिपक कुमार राय,सुबर्ण लामा,सुमन राज पान्डे, तिल रुपा दाहाल, गिता राउत,कृष्ण ढकाल,रेखा शेर्मा,भरत सापकोटा रहेका छन ।
सोमबार गरिएको घोषणा सभालाई सम्बोधन गर्दै नेपाली काङ्ग्रेसका उपसभापति पुर्व कानुन मन्त्री धनराज गुरुङले वैदेशिक रोजगारीका क्षेत्रमा देखिएको कानुनी समस्या समाधान गर्ने प्रतिबद्धता ब्यक्त गरे । पुर्वमन्त्री गुरुङले वैदेशिक रोजगारी क्षेत्रमा देखिएका कानुनी समस्या छिट्टै समाधान गरिने बताउँदै भने, “नेपालमा रोजगारीको सिर्जना गर्न नसकेसम्म वैदेशिक रोजगारीमा जाने क्रम रोकिदैन, यस क्षेत्रले नेपालको अर्थतन्त्रमा ठूलो योगदान गरेको छ ।”
उम्मेदवारी घोषणा सभालाई सम्बोधन गर्दै उनले आधिकारिक उम्मेदवारलाई जिताउन लाग्न सबै ब्याबसायीलाई आग्रह गरे । उनले भने ,”उम्मेदवारको आधिकारिक निर्णय नहुदासम्म सबैको दाबी गर्नु स्वाभाविक हो तर आधिकारिक उम्मेदवार घोषणा भैइसकेपछी अब सबै मिलेर यहीँ टिमलाई जिताउनु पर्छ । ” पार्टीका नेताको नाम भजाएर संगठनलाई कमजोर बनाउन नपाइने भन्दै सबै यहीँ टिमलाई जिताउन लाग्न सबैलाई आग्रह समेत गरे ।” अहिले गुरुङ र गेलाल नेतृत्वको दुबै प्यानल ब्याबसायिक घरदैलो अभियानमा जुटेका छन ।