काठमाडौं – नेपाल वैदेशिक रोजगार व्यवसायी संघको यहि चैत २९ गते हुने निर्वाचनका लागि ३६ जनाले उम्मेदवारी दर्ता गरेका छन् । २१ सदस्यीय कार्यसमितिमा अध्यक्षसहित ७ पदाधिकारी र १० सदस्य गरी १७ पदका लागि निर्वाचन हुनेछ । संघमा यसपटक दुई प्यानल सार्वजनिक गरिएका छन भने केहिले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन ।
नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसन र गणतान्त्रिक वैदेशिक रोजगार व्यवसायी मञ्चसँगको तालमेलका आधारमा बनेको प्यानलको अध्यक्षमा संघका पूर्व द्वितीय उपाध्यक्ष तथा गुरुङ म्यानेजमेन्ट प्रा.लि.का संचालक भुवनसिंह गुरुङले उम्मेदवारी दिएका छन । प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनको असन्तुष्ट पक्ष र एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनबीच तालमेलमा संयुक्त व्यवसायी समूहको अध्यक्षमा संघका पूर्व महासचिव तथा मञ्चका पूर्वअध्यक्ष एचआर इन्टरनेशनल सर्भिस प्रा.लि.का संचालक नरेश गेलालले उम्मेदवारी दिएका छन ।
यसैगरी सफल युवा व्यवसायी ईश्वर सापकोटाले सचिव र अख्तर हुसेनले प्रथम उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका छन । भुवनसिंह गुरुङको प्यानलबाट प्रथम उपाध्यक्षमा नोकरी नेपाल प्रा. लि.का संचालक नरेन्द्रप्रसाद ढकाल, द्वितीय उपाध्यक्षमा अलर्ट ओभरसिज प्रा. लि.का संचालक देवकुमार खोखाली, तृतीय उपाध्यक्षमा इम्प्लोइमेन्ट क्रियसन सर्भिस प्रा. लि.का संचालक हर्कबहादुर लिम्बू,महासचिवमा ग्लोबल राइजिङ प्लेसमेन्ट प्रा. लि.का संचालक महेशकुमार बस्नेत, सचिवमा आकृति रिक्रुटिङ प्रा. लि.का संचालक कुन्छा दोर्जे दिमदोङ र कोषाध्यक्षमा शुभ हारती मेनपावर प्रा. लि.का संचालक विक्रम श्रेष्ठले उम्मेदवारी दिएका छन ।
सो प्यानलबाट कार्यसमिति सदस्यमा राज ग्रुप अफ कम्पनीका संचालक राज लामा तामाङ, इम्पेरियल ओभरसिज प्रा. लि.की संचालक विद्यालक्ष्मी बज्राचार्य , हिमालयन भ्याली नेपाल प्रा. लि.का संचालक देवीप्रसाद गिरी, ब्रदर इन्टरनेसनल इम्प्लोइमेन्ट प्रा. लि.का संचालक दीपककुमार राय, रसुवा ओभरसिज प्रा. लि.का संचालक सुवर्ण लामा, सेक्युर नेपाल जब प्रा. लि.का संचालक सुमनराज पाण्डे, सिल्भर कर्नर ओभरसिज प्रा. लि.का कैलाश पाठक, ग्लोबल एचआर हब प्रा. लि.की संचालक गीता राउत, युनिभर्स एच.आर. सोलुसन प्रा. लि.का संचालक भरत सापकोटा, रिजा ओभरसिज प्रा. लि.की संचालक रेखा शर्मा, इगल मेनपावर कन्सल्टेन्ट प्रा.लि.का संचालक कृष्ण ढकालले उम्मेदवारी दिएका छन् ।
यसैगरी नरेश गेलाल प्यानलबाट प्रथम उपाध्यक्षमा एलायन्स ह्युमन रिसोर्स प्रा. लि.का संचालक एबम संघका पूर्व महासचिव सुजित कुमार श्रेष्ठ, द्वितीय उपाध्यक्षमा इम्प्लोइमेन्ट लिंक नेपाल प्रा. लि.का संचालक मधुकर रिजाल, तृतीय उपाध्यक्षमा न्यू अल्फा एचआर प्रा. लि.का संचालक बैकुण्ठ पौडेल वैभव, महासचिवमा डाइनामिक स्टाफिङ सोलुसन प्रा. लि.का संचालक कर्णराज कटुवाल, सचिवमा कन्फिडेन्ट इन्टरनेशनल मेनपावर प्रा .लि.का संचालक अनिल बोगटी र कोषाध्यक्षमा कालिञ्चोक एचआर प्रा. लि.की संचालक धनु सिजालीले उम्मेदवारी दिएका छन ।
सो प्यानलबाट कार्यसमिति सदस्यमा माउन्टेन ग्रुप प्रा. लि.का संचालक देउमान नेम्वाङ, ग्रोथ प्रोसेस एन्टरनेशनल इम्प्लोइमेन्ट प्रा. लि.का संचालक राजेन्द्र बस्नेत, उज्यालो ओभरसिज प्रा. लि.का संचालक चन्द्र लिम्बू, विनर एचआर सोलुसन प्रा. लि.की संचालक हिमा गुरुङ, रियो ओभरसिज प्रा. लि.की संचालक रमा खड्का, गल्फ इम्पायर ओभरसिज प्रा. लि.का संचालक दिनेश बस्नेत, आयुश ओभरसिज प्रा. लि.का संचालक कामेश्वर साह राहुल, सिगुल ओभरसिज प्रा. लि.का संचालक छत्र बस्नेत, डेष्टिनी ह्युमन रिसोर्स प्रा. लि.का संचालक युवराज देवकोटा र गल्फ एशिया म्यानपावर प्रा. लि.का संचालक राजेश यादवले उम्मेदवारी दिएका छन ।
अहिले दुबै प्यानलहरु निर्वाचन गतिविधीमा व्यस्त रहेका छन । आईतवार गुरुङ समुहले ललितपुरमा चुनावी सभा गर्दै आफुहरु काङ्ग्रेस माओवादीको संयुक्त प्यानल र आधिकारिक प्यानल भएको बताए । उक्त कार्यक्रममा काङ्ग्रेसका धेरै नेताहरु र ब्याबसायी नेताहरुले यो प्यानललाई जिताउन आग्रह गरे । यसैगरी नरेश गेलाल समुहले आईतवार यति पार्टी प्यालेसमा कार्यक्रम गर्दै आफ्नो समुहले जित्ने दावी गरे । उक्त कार्यक्रममा उपस्थित अतिथिहरुले यो समुहलाई मत दिन आग्रह गरे । अहिले दुबै समुहले जित्ने दावी गरेपनि अझैसम्म यहि हुन्छ भनेर भन्न सकिने अवस्था रहेको छैन ।
राष्ट्रिय प्रजातान्त्रिक वैदेशिक रोजगार व्यवसायी संघले गेलाल समूहलाई सघाउने
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आसन्न निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी निकट व्यवसायीहरुको संगठन राष्ट्रिय प्रजातान्त्रिक वैदेशिक रोजगार व्यवसायी संघले नरेश गेलाल नेतृत्वको समूहलाई सघाउने भएको छ । प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्चका अध्यक्ष जनक रावल र राष्ट्रिय प्रजातान्त्रिक वैदेशिक रोजगार व्यवसायी संघका सचिव अरुण कुमार महतोबीच गेलाल नेतृत्वका उम्मेदवारलाई सघाउने सहमतिमा हस्ताक्षर भएको हो ।
निर्वाचनमा ९०३ प्रतिनिधि
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनका लागि ९०३ प्रतिनिधि दर्ता भएका छन् । संघको प्रतिनिधि व्यवस्थापन समितिका संयोजक तथा द्वितीय उपाध्यक्ष सञ्जु गुरुङले शुक्रबार कार्यालय समयभित्र माइन्युट र अन्य कागजपत्रसहित लेबी बुझाएका ९०३ प्रतिनिधिको नाम टुंगो लगाइएको जानकारी दिए । यो संख्या गत वर्षभन्दा २०० भन्दा बढी रहेकोे पनि उनले जानकारी दिए । सबै म्यानपावर कम्पनी कार्यालयमा सम्पर्क गरी संघमा प्रतिनिधि पठाउनुपर्ने विषयमा कतिपयलाई रहेकोे अन्योल अन्त्य गरेपछि संघमा प्रतिनिधिको संख्या बढेको उनको भनाइ छ ।
प्रतिनिधिको संख्या वृद्धिसँगै संघलाई आर्थिक रूपमा टेवासमेत मिलेको छ । संघको यसअघिको निर्वाचनमा ७०० प्रतिनिधि दर्ता भएका थिए । तीमध्ये ६४६ व्यवसायीले नयाँ नेतृत्वका लागि मतदान गरेका थिए । अध्यक्षमा निर्वाचित राजेन्द्र भण्डारीले १९९ मत ल्याएका थिए भने भुवनसिंह गुरुङले १५७, कुमुद खनालले १३१ मत र ईश्वर जीसीले १२८ मत पाएका थिए । यस पटक २ प्यानल मात्र रहेका र मतदाता प्रतिनिधि बढेका कारण विजयी हुने उम्मेदवारले मत संख्या बढाउनुपर्ने देखिएको छ । अघिल्लो निर्वाचनमा ९२ प्रतिशतभन्दा बढी मतदाताले मतदान गरेका थिए । यस पटक सोही आधारमा मतदान भएमा ८२६ बढीले मतदान गर्ने छन् । मत बदर नभएका अवस्थामा अध्यक्षमा विजय हुन ४०० बढी मत ल्याउनुपर्ने देखिन्छ ।
