जनसवाल दैनिकको ध्यानाकर्षण अनावश्यक रूपमा बदनाम गर्न खोजियोः सम्पादक बगाले

२०८२ जेष्ठ २९, बिहीबार ०९:३९ गते २०८२ जेष्ठ २९, बिहीबार ०९:३९ गते २०८२ जेष्ठ २९, बिहीबार ०९:३९ गते

काठमाडाैं, २८ जेठ । जनसवाल दैनिकका प्रकाशक तथा सम्पादक रामजी बगालेले आफु माथी लागेकाे आरोपको स्पस्टीकरण दिएका छन् ।

अख्तियार दुरूपयाेग अनुसन्धान आयाेगले फेक बिज्ञापन गरेकाे भन्दै बिशेष अदालतमा मुद्दा दर्ता गरे पछि आफु र आफ्ना कर्मचारीवाट त्यस्ताे काम नै नभएकाे उनले बताएका छन् ।

बुधवार एक प्रेस बिज्ञप्ति जारी गर्दै सम्पादक बगालेले हरेक दिन प्रेस काउन्सिल नेपालमा बुझाउने हार्ड कपि पत्रीका र पिडिएफ फाइलमा साे बिज्ञापन नभएकाे, साे बिज्ञापन कहिल्यै नछापिएकाे र हाल स्थानिय तहकाे काराेबार बैंकिङ प्रक्रियावाट हुने गरेकाे स्मरण गर्दै उनले कुनै पनि प्रकियावाट रकम पनि आफ्नो कम्पनिमा नआएकाे बताएका हुन ।
जनसवाल राष्ट्रिय दैनिक पत्रिकामा फतुवा बिजयपुर नगरपालिकाको विज्ञापन आजको मितिसम्म कहिल्यै छापिएको छैन्, यससम्बन्धमा प्रेस काउन्सिल नेपालको अभिलेखलाई हेर्दा पनि स्पष्ट हुन्छ किनकि हाम्रो प्रकाशनबाट प्रकाशित सबै अंक पत्रिका पहिलेदेखि नै त्यहाँको रेकर्डमा हार्डकपि र डिजिटल कपि रहने गरेको छ । उनले आज बिज्ञप्ति जारी गर्दै भनेका छन, अख्तियारको आरोप पत्र हेर्दा कसैले हाम्रो जानकारी विना नै अनधिकृत तरिकाले जनसवाल राष्ट्रिय दैनिकको नक्कली पत्रिका छपाई गरेर या फोटोकपी गरेर भुक्तानी लिई हाम्रो बदनाम गर्ने तथा अनियमितता गरेको देखिन्छ ।

उनले जनसवालले उक्त नगरपालिका बाट कुनै पनि रकम नलिएकाे जनाएका छन । फतुवा बिजयपुर नगरपालिकाबाट जनसवाल पब्लिकेसन्स र जनसवाल राष्ट्रिय दैनिकका नाममा आजको मितिसम्म एक रुपैयाँ पनि रकम नआएको जानकारी गराउँदछु । जुन हाम्रो पत्रिकाको प्रभु बैंकमा रहेको खातामा चेक गर्न पनि म सरोकारवाला निकायलाई आग्रह गर्न चाहन्छु । उनले भनेका छन, अहिले सरकारी कार्यालयको भुक्तानी बैंकमार्फत मात्रै हुने गर्छ, नगरपालिका, गाउँपालिका र सरकारी कार्यालय या कुनै एजेन्सी र व्यक्तिबाटसमेत हाम्रो पत्रिकाको खातामा रकम आएको छैन, सो सम्बन्धमा हामीले पनि आवश्यक छानबिनसमेत गरिरहेका छौं र सो कार्यमा संलग्नहरुलाई कारवाहीको दायरामा ल्याउन सरोकार निकायलाई आग्रहसमेत गर्दछौ । यो विषयमा सम्मानित अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सरोकारवाला निकायको पनि म ध्यानाकर्षण गराउन चाहन्छु ।

उनले अगाडी प्रेस बिज्ञप्तिमा भनेका छन, हाल हुँदै नभएको र गर्दै नगरेको बिषयमा नियोजित ढङ्गले हामीलाइ फसाउन खोजेको देखिन्छ, आफ्नो कुनै पनि संलग्नता र जानकारी नै नभएको बिषयमा हाम्रो बदनाम गराउने तवरबाट गरिएको उक्त कार्यको निन्दा गर्दै छिट्टै कानुनी उपचारमा जाने पनि जानकारी गराउन चाहन्छु।

उक्त बिज्ञप्ती जस्ताको तस्तै :
प्रेस विज्ञप्ति

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed