चीनमा किशोरहरु दैनिकी सवा नौ घण्टा सुत्ने

२०७५ माघ ११, शुक्रबार २२:२६ गते २०७५ माघ ११, शुक्रबार २२:२६ गते २०७५ माघ ११, शुक्रबार २२:२६ गते

बेइजिङ। चिनियाँ किशोरले खाने समयलाई पर्याप्त समय दिने गरेका पाइएको छ। उनीहरुले दैनिक एक घण्टा ४४ मिनेट खानका लागि विताउने गरेको राष्ट्रिय तथ्याङ्क विभागले शुक्रबार जनाएको छ।

नागरिकहरुको दैनिकी सम्वन्धमा गरिएको सर्वेक्षणको नतिजामा सर्वेक्षणकर्ताहरुले ग्रामिण तथा शहरी क्षेत्रका गरी ४८ हजार ५८० जनालाई उनीहरूको दैनिकी तथा बानीका बारेमा सोधेका थिए। सर्वेक्षणमा सहभागीहरु १५ बर्षका थिए। सन् २०१८ मा गरिएको सर्वेक्षणमा देशका ११ प्रदेशका किशोर सहभागी भएका थिए।

सर्वेक्षणका अनुसार औसतमा हरेक चिनियाँले दैनिक नौ घण्टा १९ मिनेट सुत्ने गरेको पाइएको छ। त्यसैगरी उनीहरुले पैसा कमाउने काममा चार घण्टा २४ मिनेट औसतमा काम गर्ने गरेका अध्ययनले देखाएको छ। चिनियाँ नागरिकहरुको सामाजिक काममा सम्लग्न हुने समय भने निकै कम देखिएको छ। दैनिक २४ मिनेट मात्रै उनीहरु सामाजिक काममा समय विताउने गरेका छन्।

सर्वेक्षणमा सहभागीहरुले शारिरिक सम्वन्धका लागि दिने समय, पैसा लिने र नलिने कामका लागि विताउने समयको पनि सर्वेक्षणकर्ताहरुले विवरण लिएका छन्।

त्यसैगरी उनीहरुले फुर्सदको समयमा के गर्छन, पढ्न र घुम्नका लागि कति समय दिन्छन, विदाको दिन वा विदा नभएको दिन के के गर्छन् भन्ने बारेमा पनि उनीहरुले अध्ययन गरेका छन्। महिलाहरुको तुलनामा पुरुषहरुले दैनिक एक सय मिनेट बढी काम गर्ने गरेको पाइएको छ। तर पारिश्रमिकता नपाइने घरको काम र बच्चा हेर्ने कामका लागि भने महिलाहरुले दैनिक तीन घण्टा ४८ मिनेट विताउने गरेका छन्। जवकी यही कामका लागि पुरुषहरुले भने दैनिक ९० मिनेट मात्रै दिने गरेका छन्।

चीनमा सवैभन्दा धेरै समय काम गर्नेमा २५ देखि २९ बर्ष उमेर समूहका नागरिक रहेका छन्। उनीहरुले दैनिक आठ घण्टा छ मिनेट काम गर्ने गरेको सर्वेक्षणले देखाएको छ। सर्वेक्षणमा सहभागीहरुले दिएको उत्तर अनुसार फुर्सदको समयमा उनीहरुले मनोरन्जनका लागि सवै भन्दा धेरै समय टेलिभिजन हेर्ने गरेका छन्। यस्तो समय सामान्यतः दैनिक एक सय मिनेट हुने गरेको छ।हाम्रा कुरा

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed