युरिक एसिड ४ दिनमै छुटकारा पाउन अपनाउनुहोस यो चमत्कारिक घरेलु औषधी

२०७५ माघ ११, शुक्रबार २२:५३ गते २०७५ माघ ११, शुक्रबार २२:५३ गते २०७५ माघ ११, शुक्रबार २२:५३ गते

जब शरीरमा युरिक एसिड बढ्छ हाम्रो शरीर यसबाट पुरै निस्किन पाउँदैन र यो झन् बिस्तारै बिस्तारै बढेर जान्छ । रगतमा युरिक एसिडको मात्रा बढ्दा हामीले कयौँ समस्याहरु झेल्नु पर्ने हुन्छ। युरिक एसिड एकदम बढेपछी यसले अन्य धेरै बिमारीको जन्म दिन थाल्छ। टाउको दुख्नु, गर्दन दुख्नु, ढाँड दुख्नु, हत्केला दुख्नु, खुट्टाको औंला दुख्नु, हड्डी वा घुँडा दुख्नु या रातो हुनु, र कहिले जोर्नीहरु बेस्सरी घोचेको जसरी दुख्नु लगायतका समस्या आउनुका साथै रगतमा युरिक एसिडको मात्रा बढी हुँदा डाइबेटीज, पत्थरी र किड्नी सम्बन्धी रोगको अत्याधिक सम्भावना हुन्छ।

सुरुवातमा बढिरहेको युरिक एसिडको कारण जोर्नीहरुमा हल्का घोचेको जस्तो हुने महसुस हुन्छ। यदि यो लक्षणलाई नजरअन्दाज गर्यो भने यो बिस्तारै जम्मा भएर जोर्नीहरुमा जम्मा हुन्छ । त्यसकारण समयको साथ साथ हाम्रो हड्डीको आकार पनि परिवर्तन हुँदै जान्छ। यसको कारण गाउट अर्थात् गठियाको बिमारीको जन्म दिन्छ। जुन युरिक एसिडबाट निम्त्याउने मुख्य रोग हो।

बेलुका वा बिहान सुतेर उठेपछि शरीर दुख्ने वा टाउको दुख्ने जस्ता लक्षण देख्यो भने यसलाई सामान्य समस्याको रुपमा लिनुहुँदैन । यो शरीरमा बढेको युरिक एसिडको लक्षण हुन सक्छ। आज हामी बढेको वा बढिरहेको युरिक एसिडलाई कम समयमै जडदेखि हटाउने वा दुर गर्ने अद्भुत घरेलु उपचार विधि बताउन गइरहेका छौँ।

यो औषधी बनाउन हामीलाई चाहिन्छ लौका, कालो नुन र ज्वनो ।
बनाउने विधि: सुरुमा ज्वनोलाई हल्का भुटेर यसको पाउडर बनाउने । त्यसपछि लौका काटेर यसलाई ब्लेन्डरमा राखी जुस बनाउने । अब एक गिलास लौकाको जुसमा एक चम्चा ज्वनोको पाउडर र ३ चिम्टी जति कालो नुन हालेर यी सामग्रीहरुलाई मज्जाले मिसाउने।

यसरी तयार पारेको जुस हरेक बिहान नास्ता संग पिउने। लौका यस्तो औषधी हो जसले शरीरमा हुने हरेक किसिमको विकार र विषालु पदार्थ निकाल्न मद्धत गर्छ। यो जुस पिएको एक हप्तामै तपाइँको शरीरमा बढीरहेको युरिक एसिडलाई घटाई प्रभावकारी नतिजा दिनेछ।

यसका साथै एलोवेरा अर्थात् घ्युकुमारीको जुस र अमलाको जुस पनि एकदम फाइदाजनक हुन्छ। एलोवेरा पोषणतत्वको भण्डार हो। यसले पेट सम्बन्धी सम्पूर्ण समस्याको समाधान गर्छ। दैनिक रुपमा एलोवेरा जुस सेवन गर्नाले रगत सफा हुनुका साथै बढिरहेको युरिक एसिडलाई पनि तिब्र रुपमा घटाउँछ। अमलामा प्रचुर मात्रामा भिटामिन सी हुन्छ, यसको नियमित सेवनले युरिक एसिड घटाउन मद्धत गर्छ। एलोवेरा र अमलाको जुसलाई बिहान खाली पेटमा सेवन गर्नु होस्।

ध्यान दिनु पर्ने कुराहरुमा : शरीरमा पानीको कमी हुन दिनु हुँदैन । पानीको मात्रा कमी हुँदा युरिक एसिड बढेर जान सक्छ र यसले गम्भीर र दर्दनाक रोग निम्त्याउन सक्छ। त्यसकारण प्रशस्त मात्रामा पानी पिउनु आवश्यक छ। पानीले शरीरमा हुने विषालु पदार्थहरुलाई बाहिर निकाली शरीरलाई स्वस्थ राख्छ। लगातार औषधी खाने र जाँडरक्सी खाने व्यक्तिहरुको युरिक एसिड कहिल्यै ठिक हुँदैन।

यस्ता व्यक्तिहरुको युरिक एसिड दुई गुणा बढेर जान्छ। त्यसकारण युरिक एसिड बाट बच्न जाँड रक्सी पूर्ण रुपमा पिउन छोड्नु पर्छ। त्यस्तै चिया, कफी, पिरो र धेरै मसलेदार भोजनले शरीरमा एसिडको मात्रा तिब्र बढाउँछ। तारेको परिकार, नन भेज, मिठाई, र जंक फुडले धेरै युरिक एसिड बढाउने सम्भावना हुन्छ। त्यसैले यस्ता खानाहरु सके सम्म खाँदै नखाने र खाए पनि कम खाने गर्नु पर्छ।

प्राय युरिक एसिडको समस्या शरीरमा प्रोटिनको मात्रा बढी भएर हुन्छ, त्यसैले प्रोटिनको मात्रा बढी हुने चिजहरु माछा, दाल, बदम, राज्मा, पालक र दुध बाट बनेको परिकार एकदम कम सेवन गर्नु पर्ने हुन्छ। युरिक एसिड समयको साथ साथ बढेर जाने गम्भीर बिमारी हो जसले भयानक रोगहरु समेत पैदा गर्छ। त्यसैले यसलाई पूर्ण रुपमा निको पार्नको लागि औषधीको साथै खानपानमा पनि सावधान हुन जरुरी छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 1

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed