ओमप्रकाश गुप्ता
देउखुरी २८ वैशाख । राप्ती गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा ५ दिने माइक्रोस्कोपी शिविर मसुरीयामा सम्पन्न भएको छ । राप्ती गाउँपालिकामा क्षयरोगको संक्रमण फैलनबाट नागरिकलाई बचाउने उदेश्यले संम्भावित १ सय ८ क्षयरोगीहरुको खकार परिक्षण गरिएको राप्ती गाउँपालिका स्वास्थ्य शाखाका संयोजक नारायण राउतले जानकारी दिएका छन् । समुदायमा क्षयरोगको विरामीहरु पत्ता लगाई रोग फैलन नदिन प्रत्यक्ष चेकजाँच गरिएको राउतले जानकारी दिएका छन् । समुदायमा स्वयम्सेवक प्रशिक्षण गरी शंकास्पद क्षयरोगीहरुको पहिचान गरी माईक्रोस्कोपी शिविरमा खकार चेकजाँच गरिएको हो । संम्भावित १ सय ८ क्षयरोगीहरुको खकार परिक्षण गरिएकोमा ५ जना भयानक क्षयरोगका विरामी पत्ता लागेको र ती विरामीलाई थप चेकजाँच र उपचारका लागि राप्ती उपक्षेत्रिय अस्पतालमा समन्वय गरी उपचारमा ल्याइने राप्ती गाउँपालिका स्वास्थ्य शाखाका संयोजक राउतले जानकारी दिएका छन् ।
Views: 0