मोदी फर्किन नपाउँदै भोली नेपाल बन्दको घोषणा ,अरुण तेस्रो लिन नदिने विप्लवको उद्घोष

२०७५ बैशाख २९, शनिबार ०४:३९ गते २०७५ बैशाख २९, शनिबार ०४:३९ गते २०७५ बैशाख २९, शनिबार ०४:३९ गते

ओमप्रकाश गुप्ता
देउखुरी २९ वैशाख । नेपाल कम्युनिस्ट पार्टीले आइतबार (भोली) नेपाल बन्दको आह्वान गरेको छ । पार्टीका महासचिव विप्लवले शनिबार बिहान एक प्रेस विज्ञप्ती जारी गर्दै नेपाल बन्दको आह्वान गरेका हुन् । विज्ञप्तीमा सबै देशभक्त, राष्ट्रवादी, जनवादी र वामपन्थीहरुलाई सहयोग, समर्थन र ऐक्यबद्धताको लागि अनुरोध गरिएको छ । राष्ट्रघातको पछिल्लो शृंखलाको रुपमा भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण, उक्त भ्रमणका क्रममा केपी र मोदीले संयुक्त रुपमा गरेको राष्ट्रघाती अरुण–३ को शिलन्यास, मोदीको सिधै जनकपुर आगमन र त्यहाँ गरिएको कथित नागरिक अभिनन्दन, संवेदनसिल र रणनैतिक महत्वको उनको मुस्ताङ भ्रमण, मोदीको भ्रमणको सुरक्षाका नाममा भारतीय सेनाको नेपाल प्रवेश, हतियार र अत्याधुनिक सैन्य हेलिकप्टर, जहाजको अवतरण, नेपाली सुरक्षा शक्तिलाई मनोवैज्ञानिक रुपमा पार्न खोजिएको हिनताबोधले पुनः नयाँ आयाममा भएको गम्भीर राष्ट्रघात पटाक्षेप हो’ विप्लवद्वारा जारी विज्ञप्तिमा भनिएको छ । जनताको स्तर र केही संघ संगठनहरुले गरेका यस्तो प्रतिवाद र प्रतिरोधको हाम्रो पार्टी सम्मान र समर्थन गर्दछ, महासचिव विप्लवको विप्लवको विज्ञप्तिमा उल्लेख छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed