ओमप्रकाश गुप्ता
देउखुरी १ जेठ । राष्ट्रिय जनमोर्चा दाङ देउखुरीको जिल्ला सम्मेलनको सम्पुर्ण तयारी पूरा भएको छ । वर्ग संघर्ष र आमूल परिवर्तन हाम्रो अभियान, गणतन्त्र राष्ट्रियताको रक्षा तथा संघीयताका विरुद्ध चौथो जिल्ला सम्मेलन भन्ने मुल नाराका साथ चौथो जिल्ला सम्मेलन जेठ ४ र ५ गते घोराहीमा हुन लागेको जिल्ला सचिव गणेश आचार्यले जानकारी दिएका छन् । सम्मेलनको तयारी स्वरुप गाउँ, नगर तथा वडा भेला समेत भएका छन् । सम्मेलनको उद्घाटन पार्टीका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले गर्ने भएका छन् ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0