दिपक वली
जेष्ठ ४ घोराही
राप्ति उपक्षेत्रिए अस्पताल घोराहीमा भोलि शनिबार बिहान ६ बजे देखि सरसफाई गरीने भएको छ । मोबाइल तथा इलेक्ट्रोनिक्स ब्यबसायि समितिको आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो ।
मानिसहरुका लागि एकदमै संबेदनशिल क्षेत्र मानिने अस्पतालमा बिभिन्न किसिमका बिरामिहरु आउने भएका कारणले सफा र हरीत अस्पताल बनाउने लक्षका साथ सुरु हुने सरसफाइ कार्यक्रममा उपस्थितिका लागि मोबाइल तथा इलेक्ट्रोनिक्स ब्यबसायि संघले सबैमा आग्रह गरेको छ ।
मोबाइल तथा इलेक्ट्रोनिक्स ब्यबसायि संघको बार्षिक कार्यक्रम को अवसरमा ५ वटा सरकारी तथा मानिसका लागि अति संबेदनशिल क्षेत्रहरुमा सरसफाई कार्यक्रम गर्न लागियको हो । उक्त कार्यक्रम अन्तर्गत भोलि शनिवार उपक्षेत्रिय अस्पतालमा मात्र सरसफाई गरीने मोबाइल तथा इलेक्ट्रोनिक्स ब्यबसायि संघले बताएको हो । अन्य ठाँउमा भने क्र।स हुदै जाने पनि संघले बताएको छ ।
Views: 0