एभोकाडो के हो ? के के रोग सन्चो पार्छ ? शेयर गरि सबै माझ पुर्याउनुहोस

२०७५ चैत्र २८, बिहीबार १५:४८ गते २०७५ चैत्र २८, बिहीबार १५:४८ गते २०७५ चैत्र २८, बिहीबार १५:४८ गते

एभाेकाडाे, भिटामिन ए, बी, ई, फाइबर, मिनरल्स र प्रोटिनले भरिपूर्ण एक गहिरो हरियो रङको फल हो । लो फ्याट मोनोसेचुरेटेड भएको कारणले यसको सेवन गर्दा धेरै रोगबाट त बचाउँछ नै । साथै, ‘ब्युटी प्रब्लम्स्’बाट पनि टाढा राख्न सहयोग गर्छ । नेपाल मा पनि यस्को उत्पादन बढ्दो क्रम मा रहेको छ । नेपाली बजार मा यस्को मूल्य केजि को ५०० देखि १५०० सम्म पर्दछ । के के छन त खास एभाेकाडाेका फाइदाः

  • १. घामको किरणबाट बच्नका लागि एभाेकाडाे सनस्क्रिन लोशनको प्रयोग गर्न सकिन्छ । एभाेकाडाे लोशनलाई छालामा लगाएर बाहिर निस्कँदा यसमा भएको पोषक तत्वले घामबाट बचाउन सहयोग गर्छ ।
  • २. सफा र चम्किलो छालाका लागि एभाेकाडाे र मेवाको मिश्रणमा हल्का मह मिसाएर अनुहारमा लगाउने । त्यसको केही समयपछि चिसो पानीले मुख धुने । यसो गर्दा अनुहारमा जमेको मैला हट्छ । अनि मिल्छ प्राकृतिक सुन्दरता ।
  • ३. एन्टी अक्सिडेण्टको गुण पाइने अभोकाडोको प्रयोगले छालालाई पोषण प्रदान गर्छ । यस्तै, ‘ब्युटी प्रब्लम्स्’ पनि हटाउँछ । लगाउनुको साथै दैनिक एक एभाेकाडाे खाँदा पनि यसले शरीर र छाला दुवैलाई फाइदा पुर्याउँछ ।
  • ४. प्रदूषण, कपालको उचित स्याहार सम्मार नगर्ने र हिटिङ टुल्सको धेरै प्रयोगले कपाल ड्यामेज हुन्छ । यस्तो स्थितिमा एभाेकाडाेकाे गुदीलाई लेप बनाएर हप्तामा तीनपटक कपालको जरामा लगाउँदा कपाल झर्ने समस्याबाट मुक्ति मिल्छ ।
  • ५. एभाेकाडाेको गुदिलाई नियमित रुपमा लगाउँदा कपाल नरम बनिरहन्छ । चम्किलो पनि देखिन्छ ।
  • ६. एभाेकाडाेलाई दुई चम्चा जैतुनको तेलमा मिश्रण गरेर मिलाउनुहोस् । त्यसपछि यसलाई कपालको जरामा लगाएर आधा घण्टापछि धुनुहोस् । यसो गर्दा कपाल बलियो र नरम बन्छ ।
  • ७. भिटामिन ए र ई, फाइबर र मिनरल्स पाइने एभाेकाडाेको सेवनले छाला सँगसँगै शरीरलाई पनि फाइदा पुर्याउँछ । यसले मोटोपन र सुगर पनि कम गर्छ ।
  • ८. एभाेकार्डाेमा प्रशस्त मात्रामा पाइने प्रोटिनले कमजोर हड्डी र हार्ट अट्याकको समस्या पनि हुन दिँदैन । त्यसैले दैनिक एक एभाेकाडाे खानु लाभदायक मानिन्छ ।
  • ९. यदि हाम्रो जीवनमा ‘एक दिन, एक एभाेकार्डाे’ लागू गर्ने हो भने क्यान्सरको खतरा रहँदैन । यसको सेवनले शरीरमा क्यान्सर सेल्स बढ्न दिँदै । जसले गर्दा क्यान्सर खतरा पनि हुँदैन ।
  • १०. एभाेकाडाेमा हुने फाइबरले पेटलाई सफा राख्छ । कब्जियत, अपच र एसिडिटी जस्ता रोगको लागि एभाेकाडाे सेवन सन्जीवनी हो । यसले पाचन प्रक्रियालाई समेत ठीक राख्छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed