कृष्णनगर नगरपालिका वडा नं ३मा राहत समाग्री वितरण शुरु

२०७७ बैशाख ३, बुधबार ०८:१५ गते २०७७ बैशाख ३, बुधबार ०८:१५ गते २०७७ बैशाख ३, बुधबार ०८:१५ गते

प्रदेश अनलाइन खबर। कृष्णनगर , चैत्र २।  कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं. ३ मा राहत बितरण हुने चामल गुणस्तरीययुक्त रहेको छ। आज बसेको सर्वदलिय वडा प्रतिनिधी र वडा सदस्यको बैठकले राहत वितरण कार्य शुरु गर्नका लागि बैठकले निर्णय गरि वितरण कार्य शुरु गरेको नेकपा का वडा नं. ३ समिती सचिव साजिद अलि मुसलमानले बताए । अनुसूची १ को फर्म भारी ६९ घर परिवार मा मंगलवारका दिन राहत सामग्री वितरण गरि बितरण कार्य सुरु गरेको वडा नं.३ का वडाध्यक्ष सगीर अहमद खां ले बताएका छन्।

फार्म भर्नको लागि वडा सदस्य र जनप्रतिनिधि समेत खटीएको बताउनु भयो। नगरपालिकाभित्र छनाैटमा परेका दैनिक ज्यालादारी मजदुर , विपन्न घरपरिवारलाई ३० केजी चामल, ३ केजी दाल,२ केजी नुन,२ केजी चिनी ३०० ग्राम साबुन राहत बितरण गर्ने वडाध्यक्ष खां ले बताए।उक्त सर्बदलिय बैठकमा वार्ड सदस्य पुजारी लाल बढंई, अशर्फी तेली, किरन पटेल, पारस नाथ लोनिया, समाजिक परिचालक अब्दुल्ला खां, ईप्रका कृष्णनगरका प्रतिनिधी लिला बहादूर बोहरा, नेकपाका प्रतिनिधि साजिद अलि मुसलमान,नेपाली काँग्रेसका प्रतिनिधि अब्दुल मजिद, समाजवादी पार्टी का प्रतिनिध जगमोहन बरई, राप्रपाका प्रतिनिधि रामदिन जयसवाल, कृष्णनगर नगरपालिकाका कार्यपालिका सदस्य ज्योति कोरी समेतको उपस्थित रह्यो।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed