नवनियुक्त प्रधानमन्त्रीलाई पूर्व एनआरएनए अध्यक्ष रबिना थापाको बधाई

२०८२ भाद्र २८, शनिबार १०:४० गते २०८२ भाद्र २८, शनिबार १०:४० गते २०८२ भाद्र २८, शनिबार १०:४० गते

काठमाडौँ । नेपालकी पहिलो महिला प्रधानमन्त्रीको रूपमा नियुक्त सुशिला कार्कीलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) की पूर्व अध्यक्ष रबिना थापाले बधाई तथा शुभकामना व्यक्त गरेकी छिन्।

थापाले एक विज्ञप्ति जारी गर्दै जेन्जी पुस्ताको अभियानले नेपालको इतिहासमै पहिलो महिला प्रधानमन्त्री जन्माउन सफल भएकोमा गर्व लागेको उल्लेख गरेकी छिन्। उनले नेपालको नेतृत्वमा महिलाको ऐतिहासिक उपस्थिति राष्ट्रिय गौरव भएको बताइन्।

उनको भनाइमा, वंशजका आधारमा नेपाली नागरिकताको निरन्तरता जस्ता संवेदनशील विषय संविधान संशोधनमार्फत सम्बोधन गर्नुपर्ने आवश्यकता छ। यस कदमले विश्वभर छरिएका नयाँ पुस्ताका नेपालीहरूलाई मातृभूमिसँग अझ नजिक ल्याउने र राष्ट्रिय सम्बन्धलाई सबल बनाउने थापाको विश्वास छ।

थापाले विदेशमा रहेका लाखौँ नेपालीहरू आफ्नो जन्मभूमिप्रति समर्पित रहेको र राष्ट्र निर्माणमा योगदान दिन आतुर रहेको बताइन्। उनले नेपाललाई लगानीमैत्री कानुनी संरचना, पारदर्शी नीतिहरू, सुशासन र स्थिर प्रशासनिक प्रणालीमार्फत दिगो विकासतर्फ अघि बढाउनुपर्नेमा जोड दिइन्।

“नेपालले यदि लगानीमैत्री वातावरण बनाउन सक्यो भने, विदेशमा रहेका नेपालीहरूले मातृभूमिको आर्थिक समृद्धि, सामाजिक विकास र अन्तर्राष्ट्रिय छविको सबल आधार बन्न सक्छन्,” उनले विज्ञप्तिमा उल्लेख गरेकी छन्।

थापाले नयाँ सरकारप्रति विश्वास व्यक्त गर्दै समयमा निर्वाचन सम्पन्न गराउन सबै नेपालीले सहयोग गर्नुपर्ने बताइन

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 1

Leave a Reply

Your email address will not be published. Required fields are marked *