एजेन्सी । कानको दुखाई सहन नसकी अस्पताल पुगेकी एक महिलाको जाँच गर्दा चिकित्सक अचम्मित भएका छन्। कानको दुखाई एकदमै बढी भएपछि ७६ वर्षीया वृद्धालाई अस्पतालमा भर्ना गरिएको थियो। यो घटना चीनको हो। महिलाले चिकित्सकसँग आफ्नो कानमा केही दिनदेखि किरा पसेको जस्तो महशुस भएको बताएकी थिइन्।
महिलाको कुरा सुनेपछि चिकित्सकले कानको सानो अप्रेशन गरेर कानबाट यस्तो चिज बाहिर निकाले जुन देखेर उनीहरुको होसै उड्यो। चिकित्सकले महिलाको कानबाट एउटा हैन ३० वटा किरा बाहिर निकालेका थिए। कानभित्रै यती धेरै किरा देखेपछि उपचारमा संलग्न चिकित्सक नै आश्चर्यमा परेका हुन्।
महिलाको कानमा पहिले एउटा किरा पसेको र पछि उक्त किराले धेरै बच्चाहरु पैदा गरेको चिकित्सको अनुमान छ।
Views: 0

