Or

बसुन्धरामा भएको विस्फोटको जिम्मा विप्लवले लिए, यस्तो छ कारण

२०७५ फाल्गुन २६, आईतवार ०७:४१ गते २०७५ फाल्गुन २६, आईतवार ०७:४१ गते २०७५ फाल्गुन २६, आईतवार ०७:४१ गते

काठमाडौँ । म्यानपावर व्यवसायी एवं वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा भएको बम विस्फोटको जिम्मा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले लिएको छ।

उक्त पार्टीको युवा सङ्गठनले एक विज्ञप्ति जारी गर्दै गुरुङको घरमा बिस्फोट गराएको जनाएको छ। सङ्गठनका मध्य कमान्ड केन्द्रीय सचिव शिशिरको नाममा जारी बिज्ञप्तिमा गुरुङलाई मानव तस्करी रोक्न भनिएको छ।

टप जव मेनपावरका मेनेजिङ डाइरेक्टर समेत रहेका गुरुङलाई बारम्बार सचेत गराउँदा पनि नमानेका कारण बाध्य भएर साङ्केतिक कारबाही गरेको विज्ञप्तिमा भनिएको छ।

आगामी दिनमा पनि सङ्घको नेतृत्वमा मानव तस्करी जारी राखे ठुलो कारबाही गर्ने चेतावनी दिइएको छ।

शुक्रबार साँझ काठमाण्डौको बसुन्धारामा रहेको गुरुङको घरमा बम विस्फोट गराइएको थियो । विस्फोटमा परि ५ जना घाइते रहेको प्रहरीले जनाएको छ। उनीहरूको अस्पतालमा उपचार भएको छ।

विस्फोटबाट बा १० च ६७८९ नम्बरको गाडी जलेर नष्ट पूर्ण रुपमा क्षति भएको छ वैदेशिक रोजगारसम्बन्धी कार्यालय समेत रहेको घरमा भएको विष्फोट र आगलागीले दुई तला माथिसम्म क्षति पुगेको छ।घटनाको बारे प्रहरीले भने अनुसन्धान भैरहेको जनाएको छ।

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed

Or