Or

‘के केपी ओलीको ज्वाँई हो सिके राउत ?’ : दिल निशानी मगर (हेर्नुहोस भिडियो सहित)

२०७५ फाल्गुन २६, आईतवार ०९:१६ गते २०७५ फाल्गुन २६, आईतवार ०९:१६ गते २०७५ फाल्गुन २६, आईतवार ०९:१६ गते

काठमाडौं । विश्लेषक तथा लेखक दिल निशानी मगरले चन्द्रकान्त (सिके) राउत र प्रधानमन्त्री ओलीका विषयमा खरो टिप्पणी गरेका छन्।

स्वतन्त्र मधेस गठबन्धन समूहको नाम दिएर मधेसलाई अगल बनाउन खोज्ने सिके राउतलाई उल्टै समर्थन गरेको भन्दै आलोचना गरेका छन्।

मगरले एक अन्तर्वार्तामा भनेका छन्, ‘पहाडका चेलीहरुको वेज्जत गर्ने, देशलाई टुक्याँउन खोज्नेलाई उल्टै प्रधानमन्त्रीले वैज्ञानिकको संज्ञा दिएका छन्।’

नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहलाई लुटेरा, गुण्डा, चोर, फटाहा भन्ने प्रधानमन्त्री ओलीले सिके राउतलाई वैज्ञानिक भएको बताएका छन्।

दिल निशानी मगरले भने, ‘सिके राउत के प्रधानमन्त्री ओलीको ज्वाँई हुन्, के उनका भतिजा हुन्? कसरी देखे देशलाई तहसनहस गर्न खोज्ने सिके राउतलाई वैज्ञानिक?’

शुक्रबार नेपाल सरकारका तर्फबाट गृहमन्त्री राम बहादुर थापा ‘बादल’ र स्वतन्त्र मधेस गठबन्धनका संयोजक सिके राउतले ११ बुँदे सम्झौता गरेका छन्।

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed

Or