काठमाडौं, ५ चैत । पत्नी सीता दाहालको उपचारका लागि अमेरिका पुगेका नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध अमेरिकाको बाल्टिमोरस्थित संघीय अनुसन्धान ब्युरोमा उजुरी परेको छ ।
केनटुकी स्टेट युनिभर्सीटीमा पढाइरहेका डा. तिलक श्रेष्ठले उक्त उजुरी गरेका हुन् । उजुरीको शीर्षमा उनले ‘एउटा आतंककारी अमेरिका घुमिरहेको छ’ भनी लेखेका छन् ।
व्युरोमा पठाइएको उजुरीमा श्रेष्ठले लेखेका छन्,‘आतंककारीका नामले चिनने पुष्पकमल दाहाल जसलाई प्रचण्ड पनि भनेर चिनिन्छ उनी नेपालबाट यसै साता यहाँ आएका छन् ।’
उजुरीमा अघि लेखिएको छ,‘उनी अमेरिकाको आतंककारी सूचीमा छन् । उनको अभियानका क्रममा नेपालका १७ हजार गरिब मारिएका थिए । उनी जोन हपिक्न्स अस्पतालमा पत्नी सीता दाहालको उपचारका निम्ति आएका हुन् ।’
उजुरीमा उल्लेख छ,‘कृपया आतंकवादविरुद्ध अमेरिकाको अडान र नीतिगत मान्यता, आन्तरिक र विश्वव्यापी मान्यताका आधारमा कानुनी उपचार होस् । मलाई थाहा छैन कहाँ उजुरी गर्ने, कृपया यसलाई सम्बन्धीत निकायमा जानकारी गराइयोस् । धेरै धेरै धन्यवाद !’
Views: 0

