Or

यीनै हुन् १७ हजार गरिब नेपाली मारेको भन्दै अमेरिकामा प्रचण्डविरुद्ध उजुरी गर्ने श्रेष्ठ

२०७५ चैत्र ५, मंगलवार १८:४७ गते २०७५ चैत्र ५, मंगलवार १८:४७ गते २०७५ चैत्र ५, मंगलवार १८:४७ गते

काठमाडौं– पत्नि सीता दाहालको उपचारका लागि अमेरिका भ्रमणमा रहेका नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षविरुद्ध गत आइतबार अमेरिकामा उजुरी पर्‍यो। केन्टुकी स्टेट युनिभर्सिटीमा कार्यरत डा तिलक श्रेष्ठले अध्यक्ष दाहालविरुद्ध उजुरी गरेका हुन्। उनले बाल्टीमोरस्थित संघीय ब्युरोमा युद्ध अपराध र आतंकवादी कार्यमा संलग्न भएको भन्दै अध्यक्ष प्रचण्डविरुद्ध उजुरी दर्ता गरेका थिए। उनले दायर गरेको उजुरीपत्रमा प्रचण्डलाई आतंककारी भनिएको छ।

‘आतंकवादी भनेर चिनिएका पुष्पकमल दाहाल नेपालबाट आएको छन्। उनी अमेरिकाको आतकंककारी सूचीमा रहेका थिए।

उनी संलग्न भएको गतिविधिका कारण १७ हजारभन्दा बढी गरिब नेपाली मारिएका थिए,’ डा श्रेष्ठले दायर गरेको उजुरीमा उल्लेख छ।श्रेष्ठ हाल केन्टुकी स्टेट युनिभर्सिटीमा रिसर्च एसोसिएटका रुपमा कार्यरत रहेको विश्वविद्यालयको वेवसाइटमा उल्लेख छ।

उनले यसअघि नर्थ एलाबामा सेन्टर फर एजुकेशन एक्सिलेन्समा शिक्षाविद्का रुपमा काम गरेका थिए। उनले युनिभर्सिटी अफ फ्लोरीडामा भौगर्भिक इन्जिनियरिङ विषयको अध्ययन गरेका थिए। विद्यालयीय शिक्षा काठमाडौंको पद्मोदय हाइ स्कुलबाट पूरा गरेका श्रेष्ठ विद्यावारिधि उपाधि प्राप्त गरेका छन्। उनी हाल अमेरिकाको हन्टभिल्ला अल्बामामा बस्दै आएका छन्।

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed

Or