Or

होलीको मुखैमा अचानक मेघ गर्जन सहित वर्षा, मौसमविद्ले दिए यस्तो सुझाव !

२०७५ चैत्र ६, बुधबार ०७:२१ गते २०७५ चैत्र ६, बुधबार ०७:२१ गते २०७५ चैत्र ६, बुधबार ०७:२१ गते

काठमाडौं । केही दिन देखि काठमाडौं उपत्यका लगायत देश भरिको मौसममा बद्ली आएको छ । हरेक दिन जसो पानी पर्ने गरिरहेको छ । फागु पुर्णीमा अर्थात होलीमा व्यक्तिहरु रमाउँदै गर्दा पानी पर्ने समस्या देखिएको छ ।

मौसमविद्का अनुसार यो केही दिन थप चल्ने भएको छ । नेपालमा केही दिन देखि पश्चिमा वायुको प्रभावले गर्दा आकाशमा समस्या देखिने गरेको छ ।

विशेष गरेर बेलुकाको समयमा पानी पर्ने समस्या देखिएको छ । अहिले जाडो केही हदसम्म कम भएको भए पनि हावा हुरी लगायतका समस्याहरु स्थानीयले भोग्दै आइरहेका छन् । आज पनि काठमाडौंमा बेलुका ६ बजे देखि मेघ गर्जन सहित पानी पर्न थालेको छ । विज्ञहरुका अनुसार घर बाट बाहिर निक्लदा छाता वा रेनकोट जस्ता कुराहरु साथमा लिएर हिड्नु राम्रो हुन्छ ।

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed

Or