काठमाडौ । चिनमा साना ३ महिना देखि एक वर्षको बच्चालाई डाइपरको सट्टा पछाडि प्वालपरेको विशेष प्रकारको कपडा लगाउने प्रचलन रहेको छ । चिनियाँहरुले यस किसिमको लुगालगाउने चलनलाई चिनियाँ भाषामा ‘कई डांग कू’ भन्दछन् । त्यसैले यहाँ आउने हरेक पर्यटकहरु बच्चालाई लगाइदिएको यस्तो अनौठो किसिमको कपडा देखेर अचम्म मान्छन् । जहा साना साना बच्चाहरु खुलेलाम रुपमा दिसा पिसाब गरेर हिडिरहेका हुन्छन् । ब्राजिलबाट बेइजिङमा सिफ्ट भएका एक वकिलले बिबिसीलाई यस्तो भने‘गत हप्ता म बेइजिङको एक महँगो सपिङ सेन्टरमा गएको थिएँ । त्यहाँ मैले एक जना बच्चाले झुकेर पेटीमा शौच गरिरहेको देखेँ । फेरि केही वेरमा उसको आमाले पट उठाएको देखेँ । म निकै चकित भएँ । त्यो एकदमै अजिब थियो । त्यसैले यहाँ आउने हरेक विदेशी पाहुनाहरुले पनि यो परम्परालाई नराम्रो भनेका छन् ।
किनभने यसरी बच्चालाई जथाभावी दिसा गराउदा विभिन्न किसिमका रोगहरु उत्पन्न हुने सक्ने चिनियाँ डक्टरहरुले बताएका छन् । साथै वातावरण पनि प्रदुषण हुन्छ । आखिर किन बच्चालाई यस्तो कपडा लगाइदिनछन् चिनियाँहरु ? केही चिनियाँ नागरिकहरुका अनुसार यो आफ्नो परापूर्व कालदेखि चलि आएको परम्परा भएको बताएका छन् । किनभने साना बच्चाहरुलाई यस्तो प्वाल परेको पाइन्ट लगाईदिदा दिसा गर्न सजिलो हुन्छ । र चिनको हरेक कपडा पसलहरुमा यस्तो कपडा प्रशस्त मात्रामा उपलब्ध हुन्छ । चिनीयाँहरुका अनुसार यसको अर्को फाइदा पनि भएको बताउछन् । किनभने बच्चाहरुलाई प्वाल परेको कपडा लगाईदिदा दिशाको बारेमा थाहा हुने र चाडै शौचालय जाने बानी हुने तर डाइपर लगाइदिँदा शौचालय जाने बानी ढिला हुने उनीहरुको भनाइ छ ।
Views: 0

