Or

बच्चालाई मोवाईल चलाउन नदिनुस्, यस्तोसम्म असर गर्छ, जानिराख्नुहोस।

२०७५ चैत्र ७, बिहीबार १२:४१ गते २०७५ चैत्र ७, बिहीबार १२:४१ गते २०७५ चैत्र ७, बिहीबार १२:४१ गते

करिब पाँचसय अभिभावकहरु सहभागि हलमा ७० प्रतिसत महिलाहरुको मात्रै सहभागिता थियो ।शनिबार तुलसीपुर उपमहानगर पालिका वडा नं. ६ मा रहेको गोरखा माध्यामिक बिद्यालयका एलकेजीदेखि कक्षा ५ सम्म अध्ययनरत बिद्यार्थीका अभिभावकलाई बच्चाको मनोबैज्ञानिक असरका बिषयमा अभिभावकलाई शिक्षा दिन मनोचिकित्सक डा. शुसिल कंडेल काठमाडौंबाट दाङ आएका थिए ।बिहान साढेसातबजे देखि शुरु भएको कक्षाको उनले सुरुवात गर्दै भने ‘ आज आमा धेरै सहभागि हुनुभा’छ , बुवाहरु कहाँ जानुभएछ् ।’

उनले यो भनिरहदा हलमा शुरुमै हाँसोको फोहोरा उठ्यो । यो हाँसोका लागि मात्रै भनेका थिएनन्, उनले उठाएको यो बिषय निकै गम्भीर थियो ।बिहान बच्चा नउठ्दै घरबाट काममा निस्केका वुवा साँझ ८ बजे काम सकाएर घर पुग्दा बच्चा सुतिसकेको हुन्छ । यसले बच्चालाई मनोबैज्ञानिक असर पार्ने उनको भनाई थियो ।‘दिनमा २० मिनेट मात्रै भएपनि बच्चालाई बुवाले पनि समय दिनुपर्छ, बच्चालाई आमावुवा दुबैको साथ उत्तिकै आबश्यक पर्छ ।’ उनले भने‘ बच्चाले आमाबाट ट्रिकनेश र बुवाबाट कन्फिडेन्स पाउछ ।’

हलमा सहभागिहरुलाई सोध्दै प्रसंग बदले‘ यो हलमा सहभागिमध्ये कति जनाका छोराछोरीले मोवाईल चलाउँदैनन् ।’ थोरैका हात उठे । यानेकी मोवाईल नचलाउने बच्चाबच्ची बिरलै रहेछन् । तर बच्चाबच्चीले मोवाईल चलाउँदा उनीहरुको स्वास्थ्यमा भयाबह अबस्था आउने उनले बताए ।यदि तपाईको बच्चाले मोवाईल चलाउछ भने तपाईको श्रीमानले कमाएको तीनगुणा पैसा १० बर्षसम्म जम्मा गरेर राख्नुस्, त्यसले मात्रै पनि उपचार गर्न पुग्दैन्‘ उनले भने‘ मोवाईलबाट निस्किने ईलेक्ट्रो म्याग्नेट बेभले बच्चाको दिमागलाई बिगारिदिन्छ ।’

मोवाईल चलाउने बच्चामा १० बर्षपछि बोनम्यारो क्यान्स हुने सम्भावना ६० प्रतिसत हुनुका साथै आमासयमा समेत क्यान्सर हुने बताए । ‘बिल्गेट्ससंग नेपालजस्ता ९ वटा देश चलाउन पुग्ने पैसा छ, तिनै बिल्गेटस्ले एरिजोनामा एउटा स्कुल सञ्चालन गरेका छन्, जुन स्कुलमा ईलेक्ट्रेड मिडियाको प्रयोग गर्नै पाईदैन्, एउटा क्याल्कुलेटर समेत प्रयोग गर्न नपाईने ब्यबस्था गरेका छन्’ उनलेभने‘ बिलगेट्सले एउटा ईलेक्ट्रिेड मिडिया समेत किन्न नसक्ने कुरा त भएन्, त्यसको प्रयोगले हाम्रो स्वास्थ्यलाई गर्ने असरलाई मध्यनजर गरेरै प्रयोग गर्न रोक लगाएका हुन् ।’ त्यसैले बच्चाको मोबाईले खेलाउने बानीलाई आजैदेखि छुट्कारा दिलाउन अनुरोध गरे ।

उनले प्रसंग बदले । बच्चाको दिमाग बिकास भईरहेको हुन्छ । त्यस्तो अबस्थामा नकारात्मक कुनै पनि टिप्पनी गर्न नहुँने बताए । ‘ बच्चालाई कहिल्यैपनि ‘नगर, नगर’ भनेर भन्छौं, त्यसले बच्चालाई नकारात्मक असर गरिरहेको हुन्छ ’ उनले भने‘ त्यसैले बच्चालाई सकारात्मक कुरातर्फ बढि ध्यान दिनुपर्छ ।बच्चे खान नखाएमा डराउन दिएर पनि खान खुवाउने चलन रहेको भन्दै यसले बच्चामा दीर्घकालीन रुपमा नकारात्मक छाप पर्ने बताए ।‘ यदि बच्चाले खान खाएन् भने हामीले बच्चालाई , भात नखाए भुत आउछन् भनेर डराउन दिन्छौं’ उनलेभने‘ यस्तो बच्चा हरेक कुरामा डराउने गर्छ ।’

बिद्यालर्थीलाई ‘होमवर्क’ को पेलान गर्न पनि नहुने बताए । ‘ होमवर्क दिनेभनेको कक्षा ३ देखि माथि हो’ उनले भने‘ त्यही पनि आबश्यकता अनुसार मात्रै ।’ बच्चालाई पिट्दा पनि नराकात्मक असर पर्छ । गालामा , ढाडमा, टाउकोमा कुट्दा टाउकोमा असर पर्ने उनले बताए ।त्यसैक्रममा अभिभावक भिम खत्रीले आफ्नो बच्चाले साँझ गृहकार्य नगर्ने तर बिहान खान नखाएर भएपनि गृहकार्य गर्ने गरेको सस्या सुनाए ।

यसमा डा. कडेलले भने‘ बिद्यार्थी स्कुलको डरले गर्दा त्यासो गर्ने गर्छन्, होमवर्कको पेलानले गर्दा नर्सरीदेखि कक्षा १२सम्ममा करिब ६५ प्रतिशत बच्चा पढाईबाट टाढा जान खोज्छन्, त्यसैले बच्चाले होमवर्क गर्न चाहेन भने पनि त्यसमा अभिभावकले शिक्षकले कुनै यातना दिनुहुँदैन्, बच्चाले जसरी सजिलो तरिकाले बुझ्छ, त्यसरीनै होमवर्क गर्न दिनुपर्छ ।’ अर्को तर्फ बिद्यार्थीको परीक्षामा प्राप्त गरेको अंकभन्दा उसले हाँसिल गरेको ज्ञान महत्वपूर्ण हुने बताए ।

त्यस अवसरमा एक अभिभावकले सोध‘ मेरो बच्चाले पढाईमा ध्यान दिदैन , पिलेन बनाउछु भन्छ, त्यसैमा बढि ध्यान दिन्छ ।’ यसको जवाफ दिदै डा. कंडेलले भने‘ बच्चालाई साईन्टिस्ट बन्न दिनुस्, यसले सकारात्मक प्रभाब नै पार्छ, र पढाईतिर पनि ध्यान दिन अनुरोध गर्नुस् ।अर्का अभिभावकले सोधे‘ मेरो बच्चाले किताब कापी च्यातेर खान्छ’ यसमा जवाफ दिदै डा. कंडेलले भने ‘ बच्चाको पेटमा मिनरलको कमी भएमा बच्चाले कपी, किताब च्यातेर चपाउन खोज्छ ।’

आफ्नो प्रशिक्षणको अन्त्यमा उनले भने‘ बच्चालाई आफ्नो कपडा कहिल्यै पनि लगाउनु नदिनुस्, यसले पनि नकारात्मक असर गर्छ, श्रीमान र श्रीमतीले डिस्कस नगर्नुस् ।’ यीसबै कुरा पालना गरेमा मात्रै बच्चा मनोबैज्ञानिक हिसाबले स्वस्थ्य हुने उनको भनाई थियो ।बिभिन्न सिफ्ट मिलाएर बिद्यालयका कक्षा नर्सरीदेखि १२सम्मका बिद्यार्थीका अभिभावकलाई उक्त शिक्षा प्रदान गरिएको बिद्यालयका निमित्त कार्यकारीअधिकृत दुर्गाबहादुर केसीले बताए । तुलसीपुर अनलाइनबाट

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed

Or