Or

चन्द्रमा मा नेपाली ले ८० रोपनी जग्गा किने : जोशीले यसरी किने । पूरा हेरि शेयर गरौ

२०७५ चैत्र १२, मंगलवार ११:३२ गते २०७५ चैत्र १२, मंगलवार ११:३२ गते २०७५ चैत्र १२, मंगलवार ११:३२ गते

चन्द्रमा पनि नेपाली ले ८० रोपनी जग्गा किने : जोशीले यसरी किने । पूरा हेरि शेयर गरौ काठमाडौं उद्देश्य के लिनु, उडी छुनु चन्द्र एक…नेपाली समाजमा लोकप्रिय महाकवि लक्ष्मी प्रसाद देवकोटाद्वारा रचित कविताको यस हरफलाई काठमाडौं मखनका रमेशकुमार जोशीले सार्थक तुल्याउनुभएको छ ।उहाँले सानैमा आफू पनि चन्द्रमामा पुग्न सकिन्छ कि भनेर देखेको सपना सार्थकताको द्वारमा पुगेको छ । अहिले उहाँ चन्द्रमाका ८० रोपनी बराबर जमिनको मालिक हुनुभएको छ भन्दा जोकसैलाई झ्वाट्टै पत्याउन गार्‍हो पर्न सक्छ, तर वास्तविकतामा अहिले चन्द्रमाको जमिन किन्ने होडबाजी नै चलिरहेको छ संसारमा । त्यसका एक सदस्य हुनुभएको छ नेपाली नागरिक जोशी, जो अहिले चन्द्रमाका समेत नागरिक हुनुभएको छ ।

संसारभरीका जिज्ञासुले झैं ५४ वर्षीय जोशीले पनि सानैमा संयुक्त राज्य अमेरिकाका निल आर्मस्ट्रङ्ग र एडवर्ड एल्ड्रिनले प्रारम्भिक पाइला टेकेको सुन्नुभएको थियो । उहाँ भन्नुहुन्छ, ‘त्यतिबेलै मभित्र हामी नेपाली पनि एकदिन त्यहाँ कसो पुग्न नसकिएला भनी कौतुहलता जागेको थियो ।

१४ जनवरी २०१८ अर्थात् २०७४ पुस ३० गतेका दिन चन्द्रमाका नागरिकताका साथै त्यहाँको “बे अफ रेन्बो” मा ‘१० एक्री’ जमिनका मालिक बनेर जग्गाधनी प्रमाण–पत्र समेत प्राप्त गर्नुभएका भएका जोशीलाई त्यहाँसम्म पुग्न उहाँका भाञ्जा स्वराज सागर प्रधानले सूचित गरेका थिए । अमेरिकी नेसनल एरोनोटिक्स् एण्ड स्पेस एड्मिनिष्ट्रेशन (नासा) का नेपालका तर्फबाट सदस्य समेत रहेका भाञ्जाको सहयोगमा चन्द्रमामा जमिन किन्न फर्म भर्न पुगेका जोशी त्यतिबेलासम्म विदेश अध्ययन गर्न जाने नेपालीहरुका लागि स्वतन्त्र परामर्शदाता मात्रै हुनुहुन्थ्यो ।

संसारभरीका मानव जातिले सधैँ देख्दै र पुज्दै आएको चन्द्रमाको जमिनलाई दश प्रकारले विभाजन गरेर विश्व मानव कल्याणका लागि बेचविखन गर्ने नीति ‘लुना सोसाइटी इन्टरनेशनल’ ले लिएको देखिन्छ । यसप्रकारको कार्य संयुक्त राज्य अमेरिका र तत्कालीन सोभियत संघबीच भएको समझदारी अनुरुप सन् १९८० देखि नै हुँदै आएको थियो ।

त्यस मध्ये पृथ्वीबाट प्रष्ट देख्न सकिने ‘प्राइम लोकेशन’ मा रहेको ‘बे अफ रेन्बो’ मा बेचबिखनका लागि प्रयोग गरिएको शब्द अनुसार ‘१० एक्री’ नै किन्न प्रस्ताव गरिएपछि सोही अनुरुप आफूले पनि खरीद गरेको जोशी बताउनु हुन्छ । जुन नेपाली मापन अनुसार ८० रोपनी बराबर हुन आउने उहाँको अनुमान छ । एक एक्री’ बराबर नेपाली मुद्रा ३ हजार मात्रै मूल्य पर्ने रहेछ चन्द्रमामा जमिनको । त्यति बराबरको रकम जर्मनीमा रहेका छोरा उज्जवल कुमार जोशीले आफ्नो क्रेडिट कार्डमार्फत् बुबाको नाममा बुझाएपछि ‘दि लुना रजिष्ट्री’ मार्फत् चन्द्रमाको नागरिक साथै जमिनका मालिक समेत बन्नुभएको प्रमाण–पत्र पाउनुभएका जोशीले हाललाई आफ्नो सानोबेलादेखिको सोख मात्रै पूरा भएको ठान्नुभएको छ ।

वास्तवमा संसारभरीका ३० करोड मनिसहरुले चन्द्रमामा जमिन खरिद गरिसकेका रहेछन् । चन्द्रमाको जमिन कारोबारमा अधिकार प्राप्त ‘दि लुना रजिष्ट्री’ ले दिएको जानकारी अनुसार विश्वमा चर्चित सेलेब्रेटीहरु जोन ट्राभोल्टा, जर्ज लुकास, बार्बरा वाल्टर्स, टोम हायन्स, टम क्रुस, माइक जगर, निकोल किड्म्यान, क्लाइन्ट इष्टउड, हारिसन फर्ड, विलियम सान्टर, पेट्रिक स्टेवर्ड, स्टीभ ओजनेक लगायत भारतका सिने कलाकार शाहरूख खानले समेत चन्द्रमाको नागरिकता साथै जमिन किनिसकेको प्रचारमा आइसकेको अवस्थामा आफू पनि सोही अनुरुप चन्द्रमाका नागरिक साथै जमिनका मालिक बन्न पुगेकामा नेपाली नागरिक जोशी गौरव गर्नुहुन्छ ।

चन्द्रमाका नागरिक साथै जमिनका मालिक समेत बन्न पुगेपछि जोशीले अब आफूले अन्तरिक्ष विज्ञानको थप अध्ययन र त्यसमार्फत् देशको नाममा गर्न सकिने योजना बनाउन थाल्नुभएको छ । त्यसका लागि उहाँले नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानलाई पत्राचार गरिसक्नुभएको छ । विश्वमा नेपालको पनि आफ्नै अन्तरीक्ष योजना छ भन्ने देखाउन चाहनु हुन्छ उहाँ । त्यस मामिलामा नेपाल र नेपाली पनि पछाडि परेको छैन भनेर देखाउने आफ्नो चाहना रहेको उहाँ बताउनुहुन्छ ।

लुना सोसाइटी इन्टरनेशनलले ८–१० वर्षत्रिभै पृथ्वीका मानवलाई पर्यटकका रुपमा रकेटमार्फत् चन्द्रमामा पठाउन सकिने योजना बनाइरहेको जानकारी गराइरहेको छ । त्यस प्रकारका योजनामा गुगल सफ्टवेयरमार्फत् चन्द्रमाको भूअवस्थाको समेत सूक्ष्म अध्ययन गर्नुका साथै र ‘भर्चुअल रकेट’ को समेत अभ्यास गरिरहनुभएका जोशी आफू पनि चन्द्रमा पुग्ने निश्चित जस्तै रहेको बताउनुहुन्छ । इच्छाशक्तिमा विश्वास गर्ने जोशीले एक दिन आफूले चन्द्रमामा नेपालको राष्ट्रिय झण्डा फहराउने इच्छा व्यक्त गर्नुभएको छ ।

ललितपुरको सानेपामा बसोबास गरिरहनुभएका जोशीले चन्द्रमा जमिन किनेको कुरा गर्दा सुरुमा साथीभाइले नपत्याएर ‘गफाडीको गफ’ ठानेको रमाइलो अनुभव पनि बटुल्नु भएको छ । त्यसो हुनुमा चन्द्रमाको जमिन खरिद सम्बन्धी जानकारीको कमी भएकोले भन्नुहुन्छ उहाँ । वास्तवमा चन्द्रमाको जमिन खरिद गरेपछि त्यसको सम्झौता अनुसार त्यहाँबाट कुनै पदार्थ पृथ्वीमा ल्याउन मात्रै नहुने अनुमति लिएर जे पनि गर्न हुने रहेछ ।भाडामा दिन मिल्ने, बेचबिखन पनि गर्न सकिने र आफ्नो इच्छा अनुसार उत्तराधिकार प्रदान समेत गर्न सकिने साथै त्यसका लागि आवश्यक सम्पूर्ण सुविधा प्रदान गरिने जग्गाधनीहरुलाई जानकारी गराइएको छ ।चन्द्रमाको जमिन बिक्री वितरणबाट प्राप्त भएको रकम लुना सोसाइटी इन्टरनेशनलले ‘गो ग्रीन अभियान’ अन्तर्गत कार्य सञ्चालन गरिरहेको जनाएको छ । जुन भविष्यमा मानव जातिका लागि चन्द्रमा यात्रा र त्यहाँ बस्ती बसाल्न वातावरण बनाउनेसम्मको परिकल्पनाका लागि सहयोगी हुनसक्ने जनाएको छ ।

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed

Or