निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउँछु भन्नु हाँस्यस्पद हुनसक्ने

परदेश अनलाइन खबर। पब्लिक ईनोभेटर ईन्जिनियर दिपेन्द्र कँडेलले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएर नाफामा नगएमसम्म निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउँछु भन्नु हाँस्यस्पद हुने टिप्पणी गरेका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै कँडेलले यस्तो बताएका हुन् ।उनले भने,‘पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएर अन्तिम चरणमा पुगेका छन् । नेपाल सरकारले पनि छिट्टै सञ्चालनमा आउने घोषणा गरेका छन् । यस्तो अवस्थामा ती दुवै विमानस्थल चलाउनको लागि हामीलाई दक्ष जनशक्ति तयार पार्नुपर्छ । म सरकारलाई यही सुझाव दिन्छु ।’

उनले एयरपोर्ट बनाएरमात्रै नहुने बताउँदै सञ्चालन गर्न अन्तर्राष्ट्रियस्तर अर्थात सम्बन्धित निकायबाट सञ्चालन अनुमति प्रमाणपत्रपनि पाउनुपर्ने सुनाए । ‘यसको लागि नेपाल सरकारले अहिलेम्म कुनै पहल गरेको छैन् । हामीलाई विमानस्थल चलाउनको लागि दक्ष जनशक्ति चाहिन्छ, खोई हामीले जनशक्ति उत्पादनको लागि तालिममा पठाएको ? यदि साँच्चिकै सरकारले मसँग यसको लागि सहयोग माग्छ भने म सहयोग गर्न तयार छु । तर, म अब मन्त्रालयको ढोका ढकढकाउन जाँन्न ।’

उनले अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको लागि नेपाललाई एयरपोर्ट म्यानेजर, फायर फाईटर, राडार अपरेटर, एटिसी कन्ट्रोल ईनिजयिनर, जेट ब्रिज अपरेटर, अध्यागमन र विमानस्थलको सुरक्षा, मौसम पूर्वअनुमानको ईन्जिनियर, ब्यागेज ह्याण्डलिङ गर्ने कर्मचारी, ग्राउण्ड सर्भिस वर्कस, ट्याक्सी ड्राईभर, ट्राफिक ईन्जिनियर, नितान्त प्राविधिक कर्मचारीहरु नराख्ने बेलासम्म आईकाओले विमानस्थल सञ्चालन गर्ने अनुमति नदिने पनि सुनाए । उनले भने,‘नेपाल सरकारले अहिलेसम्म यी काम नगर्नु दुःखद् हो ।’उनले विश्वका अन्तर्राष्ट्रिय विमानस्थल जहिल्यैपनि नाफामा हुने सुनाउँदै पोखरा र भैरहवा नाफामा नजाउन्जुलेसम्म निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउ खोज्नु राज्यको सम्पत्ति दुरुपायेग हुनुमात्रै भएको टिप्पणी गरे । ‘अहिले नेपालमा पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अन्तिम चरणमा रहेको र सञ्चालनको मुखमा छन् । यी दुवै विमानस्थल सञ्चालनको लागि दक्ष जनशक्तिस्म्म उत्पादन गर्न नसक्ने मन्त्रालयले निजगढ बनाउँछु भन्दै हिँड्नु कहाँसम्म न्योयोजित हो ? वैज्ञानिक र वस्तुवादी हो ? म प्रश्न गर्न चाहन्छु ।’

दुवईमा बस्ने नेपालीहरु कतार, साउदी र ओमानका विमानस्थलमा कर्मचारीको रुपमा कार्यरत रहेको कँडेलले सुनाए । ‘मिडल ईस्टको एभिएसन सेक्टर संसारकै उत्कृष्टमध्ये एक हो । यु.ए.ई उच्च स्थानमा छ । यी सबै देशमा नेपालीहरु काम गरिरहेका छन् । तिनीहरुलाई स्वदेशमा बोलाएर काम गर्ने वातावरण बनाउनुपर्छ । तर, उनीहरुलाई ईन्टरनेश्नल स्टाण्डर्डको तलब सुविधा दिनुपर्छ ।’
उनले कर्मचारीहरु राख्दा आईकाओको मापदण्डअनुसार राखिनुपर्ने पनि तर्क गरे । यसतर्फ नेपाल सरकारले ध्यान दिओस् । यदि राखेन भने आईकाओले सञ्चालन अनुमति दिँदैन् ।’ कँडेलले दक्ष जनशिक्त उत्पादनको लागि आफूले राज्यलाई सघाउने बताउँदै कोही नेपालीहरुले चाहेमा एभिएसन तालिमको लागि नाम कमाएका दुवई र क्यानडाजस्तो देशमा निःशुल्क पठाईदिने पनि घोषणा गरे ।
समचार,तस्बिर रिपोर्टस क्लबबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *