अचानक आगलागी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र !

काठमाडौँ/माघ २७ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रको कफीसपमा सोमबार साँझ अचानक आगलागी भएको छ ।

विमानस्थलभित्र इलेक्ट्रकि सट भइ आगलागी भएको विमानस्थलका अधिकारीले जनाएका छन् । घटनाबारे थप विवरण आइसकेको छैन । यद्यपि विमानस्थलका सुरक्षाकर्मी र दमकलको सहायताबाट आगो नियन्त्रणमा आइसकेको छ ।

आगलागीको घटनासँगै विमानस्थलभित्र केही बेरसम्म भागदौड मच्चिएको थियो । साथै विमानस्थलका कर्मचारी र प्रहरी अलर्ट छन् । कफीसपको आगलागीमा विमानस्थलको बाहिरबाट देखिएका केही दृश्य यस्ता छन् ।

स्रोत: अन्नपूर्ण

Leave a Reply

Your email address will not be published. Required fields are marked *