बहिनीको ‘इन्गेजमेन्ट’मा चितवनजाँदा दुर्घटना परि, नायिका शर्मिला को निधन !

गजुरी गाउँपालिका–२ चाम्बासस्थित पृथ्वीलोकमार्गमा भैरहवाबाट काठमाडौँतर्फ आउँदै गरेको लु२ख १३५ नंको बस र विपरीत दिशातर्फ जाँदै गरेको बा९८प ७०५८ नंको स्कुटर एकापसमा ठक्कर दिँदा दुई जनाको निधन भएको छ । प्रहरीका अनुसार निधन हुनेमा स्कुटरमा सवार चितवन जिल्ला भरतपुर महानगरपालिका–१३ गीतानगर निवासी २२ वर्षीया शर्मिला सिलवाल र २० वर्षीया नेपाली चलचित्रकी नायिका महिमा सिलवाल रहेका छन् ।

दर्घटनामा ग म्भीर घाइते भएपछि उपचारका लागि प्राथामिक स्वास्थ्य केन्द्र गजुरी पठाइएकामा घाइते महिमा सिलवालको उपचारको क्रममा निधन भयो भने घाइते शर्मिला सिलवालको काठमाडौँस्थित ट्रमा सेन्टर उपचारका क्रममा निधन भएको थियो । चितवन जिल्लामा बहिनीको ‘इन्गेजमेन्ट’मा जान लागेको बेला दुर्घटना भएको थियो । दुर्घटनामा निधन भएकी महिमा कलाकार हुन् ।

घटना बुधबार साँझ ५ बजेर ४५ मिनेटमा गजुरी गाउँपालिका, वडा नम्बर २ चाम्बासमा घटेको हो। महिमाको उपचारका क्रममा गजुरी स्वास्थ्य केन्द्रमा निधन भएको हो भने शर्मिलाको उपचारका क्रममा ट्रमा सेन्टर काठमाडौंमा निधन भएको हो।प्रहरी निरिक्षक पाण्डेका अनुसार घुम्ती क्रस गर्ने क्रममा स्कुटी र बस एकआपसमा ठोक्किएका हुन्। उनले बसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ।‘कारवाही’ सिनेमाबाट नेपाली रजतपटमा डेब्यू गरेकी अभिनेत्री महिमाले ‘अप्रिल फुल’, ‘चियर्स’, ‘दानव’, ‘जिग्लो’ आदि सिनेमामा अभिनय गरेकी छिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *