कोरोना भाइरसको महामारीमा कुन देशको अवस्था कस्तो ???

समिर नेपाल/काठमाडौं १३ चैत डिसेम्बरको अन्तिमबाट चीनको वुहान सहरबाट फैलिन थालेको कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढिरहेको छ । पहिले एक लाख संक्रमित पुग्न ६७ दिन लागेको थियो । दुई लाख पुग्न कम समय लागेको थियो भने अहिले एक लाख पुग्न दुई दिनमै काफी हुन थालेको छ । कोरोना संक्रमितको संख्या ४ लाख ५२ हजार १५७ पुगेको छ । मृतकको संख्या २० हजार ४९४ पुगेको छ । १ लाख १३ हजार १२० जना मात्र निको भएका छन् । निको भइसकेपछि पनि थुप्रैको ंसंख्यामा पुनः संक्रमित भएका छन् । अहिले ३ लाख १८ हजार ५४३ जना संक्रमित रहेकामा १३ हजार ८०७ गम्भीर प्रकृतिका बिरामी छन् ।

यसबाटै स्पष्ट हुन्छ कि मृतकको संख्या बढ्दै छ। इटलीमा मृतकको संख्या सबैभन्दा बढी भएको छ । इटलीमा बुधबार ६८३ मृतक बढेका छन् । जम्मा मृतक संख्या ७५०३ पुगेको छ। दोस्रो स्थानमा स्पेन आइपुगेको छ । स्पेनमा बुधबार ४४३ जनाको ज्यान गएसंगै जम्मा मृतकको संख्या ३ हजार ४ सय ३४ पुगेको छ। चीन तेस्रो स्थानमा झरेको छ। चीनमा ३ हजार २८१ मरेका छन् । इरानमा २ हजार ७७ जनाको ज्यान गएको छ । फ्रान्समा ११ सय अमेरिकामा ८१९ को ज्यान गएको छ। बेलायतमा ४३३,नेदरल्यान्डमा ३५६ र जर्मनीमा १८६ जनाको ज्यान गएको छ । संक्रमितको संख्यामा पनि इटलीले चीनलाई उछिन्न खोजिरहेको छ। चीनमा ८१ हजार २१८ तथा इटलीमा ७४ हजार ३८६ जना संक्रमित छन् । अमेरिकामा ६० हजार ६५३, स्पेनमा ४७ हजार ६१०,जर्मनीमा ३५ हजार ७४०,इरानमा २७ हजार १७,फ्रान्समा २२ हजार ३०४,स्वीटजरल्याण्डमा १० हजार ५३७ संक्रमित रहेका छन्। जापानमा १ हजार १९३ जना संक्रमित छन्। ४३ को मृत्यु भएको छ। पाकिस्तानमा १०२२ संक्रमित हुँदा ८ जनाको ज्यान गएको छ। भारतमा ६०६ संक्रमित हुँदा १० जनाको ज्यान गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *