लकडाउनमा कृषि फार्मले घरघरैमा ताजा तरकारी पुर्याउदै

झापा,१४ चैत
कोडिभ–१९ का कारण सरकारले घोषणा गरेको लकडाउनलाई पूर्णपालना गरेर घरमा बस्नेहरुलाई झापाको अर्जुनधाराको मामा–भाञ्जा सिर्जनशील कृषि फार्मले घरघरैमा ताजा तरकारी पु¥याउने व्यवस्था गरेको छ ।

अर्जुनधारा ५, ८, ११ र मेचीनगर १३ मा २० बिघा जमिनमा सो कृषिफार्मले काक्रा, करेला, बोडी, बैगुन, टमाटरलगायतका तरकारी खेती गरेको छ । फार्मबाट उत्पादित ताजा तरकारी प्याकेजिङ गरेर स्थानीयको मागअनुसार घरमै पु¥याउन थालेको फार्मका सञ्चालक निर्मल अधिकारीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *