रहस्यमयको संसारमा कयौं प्रतिभाशालि मानिसले आ -आफ्नो कला र प्रतिभा देखायेर संसारलाइ नै चकित बनाउन सफल भएका छन्। त्यस्तै रहस्य मानिसहरुबीच पर्छिन स्पनकी ३० वर्षीय एक महिलालाई दुनियाँमा जहाँ पनि आउँन लागेको भूकम्पको बारेमा सबैभन्दा पहिले जानकारी हुनेगर्दछ । यस महिलाको नाम मून रिबास हो । पेशाले भने उनी एक डान्सर हुन् ।
उनी आफुलाई साइबोर्ग वुमन (Cyborg Woman) भन्ने गर्छिन। वास्तव उनको शरीरमा यस्तो सिस्मिक कम्प्युटर चिप सेन्सर ईप्लान्ट गरिएको छ जुन दुनियाँमा जहाँ भूकम्प आए तापनि उनको यो चिप भायब्रेट हुन् थाल्दछ ।
यो प्राविधिक सेन्सर आईफोनलाई विशेष रुपमा बनाईएको एप्लिकेसनसँग जोडिएको छ । जसले दुनियाँमा जहाँ पनि घट्ने भूकम्प जस्तो गतिविधिको जानकारी त्यस सेन्सरसम्म पुर्याउने गर्दछ ।
उनी संकेत प्राप्त हुने बित्तिकै आफ्नो विशेष रुपमा बनाईएको आईफोनको एप्लिकेसनमा भूकम्पको केन्द्र र उसको तीव्रतालाई खोज्ने गर्दछिन् । उनको शरीरमा राखिएको चिपको भायब्रेशनबाट भूकम्पको तीव्रताको अन्दाज हुने गर्दछ। -न्युज वोल्ड नेपालबाट
Views: 0

