लमजुङमा बाँदरको आतंक

२०७४ पुष २८, शुक्रबार १०:२२ गते २०७४ पुष २८, शुक्रबार १०:२२ गते २०७४ पुष २८, शुक्रबार १०:२२ गते

श्यामशितल परियार/उज्यालो ।
लमजुङ, पुस २८ – लमजुङको दोर्दी गाउँपालिका–२, अर्चलबोटका किसानलाई बाँदरले हैरानी बनाएको छ । बाँदरले खेतबारीमा लगाएको अन्नबाली, तरकारी सखाप पार्न थालेपछि किसान हैरान भएका हुन् ।
स्थानीयका अनुसार बाँदरले घरभित्रै पसेर अन्नका साथमा खानेकुरा समेत खाने गरेको छ । ‘हुलका हुल बाँदर गाउँ पसेका छन्, अन्नबाली सखाप पारेका छन्,’ स्थानीय रामप्रसाद पौडेलले गुनासो पोख्नुभयो, ‘बाँदरले घरभित्र समेत पसेर पकाएको खाना खाईदिने, बालबच्चा तथा वृद्धवृद्धालाई झम्टने गरेको छ ।’
गाउँमा दिनप्रतिदिन बाँदरले सताउन थालेपछि रोकथामका लागि सम्वन्धित निकायले पहल गर्नुपर्ने स्थानीयको माग गरेका छन । पछिल्लो समय गाउँमा बस्ती पातलिदै गएपछि बाँदरले घरमै छिरेर सताउन थालेको स्थानीयले गुनासो गरेका छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *