प्रदेश नं ५ को राजधानी दाङलाई बनाउन आधारहरु बलियो बन्दै, एकपछि अर्को सरकारी कार्यालय स्थापना

२०७४ पुष २९, शनिबार १६:४२ गते २०७४ पुष २९, शनिबार १६:४२ गते २०७४ पुष २९, शनिबार १६:४२ गते

पुस २९, दाङ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दाङमा पाँच नम्बर प्रदेशको मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

दाङ देउखुरी जिल्ला अदालतका न्यायाधिस तथा मुख्य निर्वाचन अधिकृत हेमन्त रावलको अध्यक्षता एवं नागरिक समाज दाङका संयोजक टीकाराम रेग्मीको प्रमुख आतिथ्यतामा शनिबार घोराहीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

 

आगामी माघ २४ गते हुने निर्वाचनका लागि ५ नम्बर प्रदेशको दाङ देउखुरी जिल्ला अदालतमा मुख्य निर्वाचन अधिकृतको कार्यलय स्थापना गरिएको हो ।

मुख्य निर्वाचन अधिकृतले राष्ट्रियसभा निर्वाचन प्रक्रियासंगै राष्ट्रियसभाका मतदाताहरु प्रदेश सांसद, स्थानिय तहका प्रमुख, उपप्रमुख र जिल्ला समन्वय समितिका प्रमुख उपप्रमुखहरु रहने व्यवस्था रहेको छ ।

प्रदेश नम्बर ५ मा १२ जिल्ला रहेका छन् । निर्वाचन प्रकृया माघ ७ गते देखी सुरु हुने छ । शनिबार सात वटै प्रदेशमा राष्ट्रियसभा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *